BLUE ACADEMY ले दोश्रो पटक जनरल मेकानिकल र नि.उ.स को तयारी कक्षा संचालन गर्दै - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

BLUE ACADEMY ले दोश्रो पटक जनरल मेकानिकल र नि.उ.स को तयारी कक्षा संचालन गर्दै

काठमाडौँ-         मेकानिकल ईन्जिनियरिङ्गका बिभिन्न तयारी कक्षा हरु संचालन गराउदै आइरहेको ईन्स्टिच्युट Blue Academy ले यही मङ्सिर-६ गते बाट जनरल मेकानिकल र नि.उ.स (रा.प.तृतीय श्रेणी) लोकसेवा तयारी कक्षाहरू पुन: सञ्चालन गर्ने भएको छ ।

जनरल मेकानिकल र नि.उ.स (रा.प.तृतीय श्रेणी) मा हरेक बर्ष २/३ जना मेकानिकल ईन्जिनियर मात्रै माग्दै आएकोमा यस बर्ष १९ कोसंख्यामा माग्नु नै धेरै मेकानिकल ईन्जिनियर को लागि खुशीको खबर र सुनौलो अवसर रहेको कुरा Blue Academy का C.E.O सि.ए. केशव न्यौपानेले बताउनु भएको छ ।

लोकसेवा आयोगले माघ २१ र २२ गते परिक्षा मिती तोकिसकेको हुनाले तयारीकालागी समय एकदमै कम रहेको र धेरैजसो मेकानिकल ईन्जिनियर साथीहरु आत्तीइसक्नु भएतापनि Blue Academy ले अघिल्लो बर्ष संचालन गरेको हरेक कक्षाको रेकर्डिङ्सहरु, सबै नोट्सहरु, साप्ताहिक परिक्षाका सामाग्रीहरु, प्रिन्ट आउटहरु, आदी एकैचोटी पाउने भएकाले ढुक्क भएको कुरा एकजना भर्खरै भर्ना भएका विद्यार्थी शुन्दर कुमार यादवले बताउनु भएको छ ।

Your Opnion

//