बैंकको चर्को व्याजविरुद्ध उद्यमी आन्दोलित - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

बैंकको चर्को व्याजविरुद्ध उद्यमी आन्दोलित

काठमाडौँ-       बैंकहरुले चर्को व्याजदर निर्धारण गरेर व्यवसायीहरुलाई थप संकट बनाएको जनाउँदै बेलबारीका उद्यमीहरु आन्दोलित भएका छन् । उनीहरुले आज दिउँसो उच्च बैंक व्याजदर तथा प्रतिकूल बैकिङ नीतिहरुविरुद्ध विरोध प्रदर्शन समेत गरेका छन् ।

सो प्रदर्शन बेलबारी–३ पुरानो मालपोतबाट सुरु भएर दुर्गा मन्दिर हुँदै राष्ट्रिय वाणिज्य बैंक अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । बेलबारी उद्योग वाणिज्य सङ्घ र उत्तरी मोरङ होटल व्यवसायी सङ्घको आयोजनामा भएको कार्यक्रममा व्यवसायीहरु प्ले–कार्डसहित नाराबाजी गर्दै विरोधमा उत्रिएका थिए ।

बैंकले व्याज वृद्धि गर्दा व्यवसायीहरु थला परेको र उठ्नै नसक्ने गरी बोझ थपिएको बेलबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेशजङ्ग कार्कीले बताए । बैंकहरुले बढाएको व्याज तत्काल फिर्ता लिन र व्यवसायीहरुलाई सहज किसिमले व्यवसाय गर्ने वातावरण मिलाउन पर्यटन व्यवसायी विजय सुवेदीले आग्रह गरे ।

रासस

Your Opnion

//