राष्ट्रसङ्घले विश्वव्यापी चुनौतीे सामनाका लागि ऐक्यबद्ध हुन अपिल - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

राष्ट्रसङ्घले विश्वव्यापी चुनौतीे सामनाका लागि ऐक्यबद्ध हुन अपिल

संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटरेसले विश्वमा हाल देखा परिरहेका साझा र विश्वव्यापी चुनौतीे सामनाका लागि ऐक्यबद्ध हुन अपिल गरेकाछन । विश्वमा पछिल्लो समयमा विभिन्न समस्याहरु देखिएकाले ती समस्या तथा चुनौतीको समाधानका लागि विश्वका नेता एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिएकाहुन ।

इन्डोनेसियाको बालीमा आजदेखि हुन लागेको ग्रुप अफ ट्वान्टी (जि२०) सम्मेलनको पूर्वसन्ध्यामा उनले सो समूहका नेताहरुलाई उक्त अपिल गरेकोहुन । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या मानव जीवनका निम्ति एक प्रमुख चुनौतीका रुपमा देखिएकाले जलवायु परिवर्तनका असर कम गर्न तथा त्यसको प्रभावबाट विश्वलाई बचाउन सबै लाग्नुपर्ने बताए ।

जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधानका लागि जि२० समूहका देशले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउँदै उनले स्वास्थ्य, शिक्षा, लैंगिक समानता, नवीकरणीय ऊर्जालगायत क्षेत्रमा समूहले लगानी गर्नुपर्ने सुझाव दिए । महासचिव गुटरेसले जलवायु परिवर्तनको असर कम गर्न राष्ट्रसङ्घले अघि सारेको ‘एजेण्डा’ तथा सम्झौता कार्यान्वयनमा इमानदार बन्न आग्रह गरेकाछन ।
रासस

Your Opnion

//