उत्तर कोरिया– अमेरिका वाक्युद्ध : रूसलाई हतियार आपूर्ति - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

उत्तर कोरिया– अमेरिका वाक्युद्ध : रूसलाई हतियार आपूर्ति

काठमाण्डौ :- उत्तरकोरियाले रूसलाई कहिल्यै हातहतियार आपूर्ति नगरेको स्पष्ट गर्दै त्यससम्बन्धमा भ्रामक हल्ला गरेकामा अमेरिकाको कडा शब्दमा निन्दा गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीको अभिव्यक्तिको खण्डन गर्दै प्योङयाङले वासिङटनको निन्दा गरेको हो ।

उत्तरकोरियाले गोप्य रूपमा भारीमात्रामा हातहतियार रूसलाई आपूर्ति गरेको आरोप प्रवक्ता किर्बीले गत हप्ता लगाएपछि प्योङयाङले आफूसँग मस्कोले कहिल्यै हतियारको कारोबार नगरेको स्पष्ट गरेको छ । “हामीले रूसँग कहिल्यै हतियारको कारोबाहर गरेका छैनौँ, भविष्यमा त्यसो गर्ने हाम्रो कुनै योजना छैन,” रक्षा मन्त्रालयको अन्तर्राष्ट्रिय मामिला विभागका एकजना उपनिर्देशकले भनेका छन् ।

अज्ञात ती उपनिर्देशकले अन्तर्राष्ट्रिय क्षेत्रमा उत्तरकोरियाको छवि धमिलो पार्ने अमेरिकाको शत्रुतापूर्ण प्रयासको आज निन्दा गरेका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । आवरणमा उत्तरकोरियाले मध्यपूर्व वा उत्तरअफ्रिकी देशमा हतियार आपूर्ति गरिएको देखाए पनि हातहतियारको वास्तविक गन्तव्य रूस भएको गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा प्रवक्ता किर्बीले बताएका थिए । यसअघि पनि प्योङयाङले वासिङटनलाई ‘लापरबाह टिप्पणी’ नगर्न तथा ‘आफ्नो मुख बन्द राख्न’ आह्वान गरेको थियो ।

Your Opnion

//