अफ्रिका र दक्षिण एसियाका किसानलाई गेट्स फाउन्डेसनले सहयोग गर्ने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

अफ्रिका र दक्षिण एसियाका किसानलाई गेट्स फाउन्डेसनले सहयोग गर्ने

काठमाण्डौ :- विश्वव्यापी तापक्रम वृद्धिको प्रभावबाट पीडित उप–सहारा अफ्रिका र दक्षिण एसियाका साना किसानहरूले जलवायु परिवर्तनबाट बढ्दो प्रभावित विश्वसँग अनुकूलन गर्न मद्दत गर्न सोमबार १।४ अर्ब अमेरिकी डलरको परोपकारी प्रोत्साहन पाएका छन् ।

बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले चार वर्षमा वितरण गर्ने अनुदान क्षेत्रीय नवप्रवर्तनका लागि छुट्याइएको छ । यसले खडेरी, गर्मीको लहर र अत्यधिक बाढीको समना गर्न सहयोग गर्नेछ । इजिप्टको रेड सी रिसोर्ट शर्म अल–शेखमा कोप २७ जलवायु शिखर सम्मेलनमा गरिएको एक घोषणामार्फत् उक्त जानकारी सार्वजनिक गरिएको हो ।

अफ्रिकामा ठूलो खडेरीका कारण लाखौं मानिस भोकमरीको चपेटामा परेका छन् । पाकिस्तानमा आएको भीषण बाढीले खेतीयोग्य जमिन डुबाएको छ र पूर्वाधार नष्ट भएको छ, जसका कारण ३० अर्ब डलरभन्दा बढीको क्षति भएको विश्व बैंकले जनाएको छ । जारी जलबायु शिखर सम्मेलनमा विकासशील राष्ट्रहरूले ‘हानि र क्षति’ को लागि पहिले नै महसुस गरिएको प्रभावहरूको मुद्दा शिखर सम्मेलनको एजेन्डामा राख्न आइतबार सहमत भएका थिए ।

Your Opnion

//