श्रीलङ्कामा नयाँ सफारी पार्क स्थापना गरिने - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

श्रीलङ्कामा नयाँ सफारी पार्क स्थापना गरिने

काठमाडौँ-       श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार वातावरण मन्त्रीलाई उत्तरी प्रान्तमा एक हजार एकडमा सफारी पार्क स्थापना गर्न उपयुक्त जग्गा खोज्न निर्देशन दिनु भएको छ ।

श्रीलङ्काको चिडियाखानामा जनावरहरूको चाप बढेकाले तिनीहरूको व्यवस्थापनका लागि नयाँ सफारी पार्क आवश्यक रहेको उनले बताएका छन् । उनले कोलम्बोका केही उपनगरहरूमा रहेका मृगका ठूला बथानहरूलाई पनि स्थानान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।

श्रीलङ्कामा सफारी प्रस्ताव गर्ने धेरै राष्ट्रिय निकुञ्जहरू छन् । यद्यपि, रिडियागामा एक मात्र व्यवस्थित सफारी पार्क रहेको छ जुन ५०० एकडमा फैलिएको छ ।

रासस/सिन्ह्वा

Your Opnion

//