पुन: सञ्चालनमा आयो तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

पुन: सञ्चालनमा आयो तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग

काठमाण्डौ :- तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर आजै काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसिया लगायत अन्य देशबाट आपूर्ति गरिएको छ ।

हाल १४ हजार म्याट्रिक टन कोइला आपूर्ति भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । उद्योगमा केही महिनादेखि आर्थिक अभावको कारणबाट समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भएको थियो । हाल वैकल्पिक उपायको अवलम्बन गरी सिमेन्टको पुन: उत्पादन सुरु गरिएको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले राससलाई बताए ।

उनका अनुसार उद्योगले तीन महिनासम्म उत्पादन बन्द गर्नुपर्दा निकै क्षति व्यहोर्नुपरेको र वैकल्पिक आर्थिक कारोबारको लागि उपाय अवलम्बन गरेर मात्रै उद्योग सञ्चालनमा ल्याउन सहज भएको छ । उद्योगका उपकरणको मर्मतसम्हारको लागि दुई हप्ता उत्पादन बन्द गरिएको भए पनि कोइलाको अभावले गर्दा साउनको दोस्रो हप्तादेखि सिमेन्ट उत्पादन कार्य बन्द गर्न बाध्यता भएको उद्योग व्यवस्थापनले जनाएको छ । सो उद्योगबाट दैनिक १० देखि १४ हजार बोरा गुणस्तरीय सिमेन्ट उत्पादन हुँदै आएको छ ।
रासस

Your Opnion

//