ई. मनोज अधिकारीलाई विनाशर्त रिहाइको माग गर्दै एनभिएको विज्ञप्ति जारी - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ई. मनोज अधिकारीलाई विनाशर्त रिहाइको माग गर्दै एनभिएको विज्ञप्ति जारी

  • एस. के. थापाOctober 20, 2022

 काठमाडौँ-    नेपाल भ्यालुयर्स एशोसिएसन अन्तर्गत प्रदेश नं. १ का सदस्य श्री विराट इन्जिनियरिङ्ग सोलुसन प्रा.लि. का संचालक ई. मनोज अधिकारीलाई कामना सेवा विकास बैंक लि. प्रादेशिक कार्यालयबाट प्रवाह हुने ऋण(कर्जा)का लागि सुरक्षण वापत धितो मूल्यांकन कार्यको पुन: मूल्यांकन गराउँदा लिलाम प्रयोजनको लागि नेपाल राष्ट्र्र बैंक तथा वित्तिय संस्थालाई जारी निर्देशन विपरित दुई तिहाई भन्दा बढी देखाएको (मिति २०७९।०५।०९ च. नंं. KSBBL/079/80-RD-037 को पत्र) अवस्थामा पनि कामना सेवा विकास बैंकबाट बैंकिङ्ग कसुर सम्बन्धि अनुसन्धानको नाममा हिरासत तथा थुनामा राखिएको जानकारी यस एशोसिएसन केन्द्रिय कार्यालयलाई प्रदेश नं. १ बाट जानकारी प्राप्त हुन आएकोले विद्यामान ऐन कानून तथा तथा निर्देशनको ठाडो उलंघन गरी पेशागत कार्यमा त्रास सृजना गरिएको तर्फ  यस एशोसिएसनको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

सोहि सिलसिलामा मिति २०७९।०६।३० को केन्द्रिय कार्यसमितिको आकस्मिक बैठक बाट निम्न लिखित व्यहोराको जानकारी गराएको पनि बताइएको छ :-

                                            तपसिल

१) विराट ईन्जिनियरिङ्ग सोलुसन प्रा.लि.को प्रो. ई. मनोज अधिकारीलाई प्रहरीले हिरासतमा राखेको प्रति एसोसिएसन घोर भत्र्सना जनाउँदै निसर्त रिहाईको लागि सम्बन्धित निकाय संग जोडदार माग गर्दछौँ ।

२) आजको मिति देखि अर्को सूचना नभएसम्म कामना विकास बैंकको मूल्यांकन सम्बन्धि सम्पूर्ण कार्य पूर्ण रुपमा स्थगन गर्न सम्पूर्ण सदस्यहरुमा यो सूचना जारी गरिन्छ । यस बाट गएको असुविधा प्रती सम्पूर्ण ग्राहक वर्गमा क्षमा प्रार्थि छौं ।

भन्दै NVAले  ई. अधिकारीको विनाशर्त रिहाइको जोडदार माग गरेको छ ।

Your Opnion

//