मूल्य लगातार उकालो लाग्दै अमेरिकी डलर हालसम्मकै उच्च - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

मूल्य लगातार उकालो लाग्दै अमेरिकी डलर हालसम्मकै उच्च

काठमाण्डौ :- पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपैयाँ ५४ पैँसा छ भने बिक्रीदर एक सय ३३ रुपैयाँ १४ पैसा छ । केन्द्रीय बैंकले अधिल्लो दिन एक अमेरिकी डलरको खरिददर एक सय ३१ रुपैयाँ ४८ पैँसा र बिक्रीदर एक सय ३२ रुपैयाँ आठ पैसा तोकेको थियो ।

त्यस्तै आज युरोको खरिद मूल्य एक सय २९ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य एक सय ३० रुपैयाँ २४ पैसा रहेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेकोछ।

पछिल्लो समय अमेरिकी डलरको मूल्यमा लगातार वृिद्ध हुँदा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा सकारात्मक प्रभाव रहन्छ । तर, नेपालको अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दा त्यसको प्रभाव नकारात्मकसमेत पर्ने जानकारहरु बताउँछन् । नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ ।

यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमासमेत असर पार्छ । त्यस्तै डलरको भाउ बढ्ने वित्तिकै आयातीत बस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको मूल्यसँगै बढ्ने हुन्छ ।

Your Opnion

//