काठमाडौँ- गुल्मी जिल्लाको विकट गाउँमा जन्मिनुभएका ईन्जिनियर सागर ढकालले आउँदो मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिनिधि सभाको लागि शेरबहादुर देउवाको क्षेत्र डडेलधुराबाट आफ्नो स्वतन्त्र उम्मेद्वारका रुपमा उम्मेद्वारी दिनुभएको छ ।

उहाँले आफ्नै गृह जिल्ला गुल्मीकै गाउँको सरकारी स्कूलबाट माध्यमिक तहसम्मको पढाई पूरा गर्नुभएको छ । पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङ्ग – हाइड्र्रोपावरमा वी.ई तथा अक्सफोर्ड विश्वविद्यालय वेलायत (UK) बाट जल विज्ञान, नीति तथा व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ ।
उहाँले नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा काम गरिसक्नुभएको छ । Icshp/UNIDO, चिनियाँ जल मन्त्रालयमा कार्यक्रम अधिकारी भएर पनि काम गरिसक्नुभएको छ तथा पानी र आवास ईन्जिनियर र विशेषज्ञ (रेड क्रसको अन्तर्राष्ट्रिय समितिमा ग्लोबल डिप्लोइमेन्ट) भएर पनि काम गरिसक्नुभएको व्यक्तित्व हुनुहुन्छ ।
उहाँले भन्नुभयो, “आउने चुनावमा अलि फरक तरिकाले प्रस्तुत हुने योजना बनाएका छौं। मैले हालका प्रधानमन्त्री शेरबहादुर देउवाको डडेलधुराको क्षेत्रबाट चुनावमा उठी उहाँलाई ससम्मान पूर्ण रूपमा वृद्ध भत्ता सहित आराम दिने निर्णय गरेको छु। म संसद्मा त जान्छु नै तर १६५ क्षेत्रमा मजस्ता युवाहरूले पनि मेरो प्रधानमन्त्री बन्ने नेपाली जनतामाझ प्रस्तुत गरेको आवेदन स्वीकारेमा म विश्वको नै कान्छो प्रधानमन्त्री भएर नेपाललाई मात्र होइन विश्वका युवाहरूलाई नै एउटा आशा दिन सक्छु। हाम्रो तर्फबाट नीतिगत तयारी सकिएको छ – बाँकि १६५ क्षेत्रबाट उठ्ने युवा उम्मेदवारहरूलाई सुम्पिन चाहन्छौं। निकै गाह्रो छ तर हजुरहरू सबैको साथ भएमा असंभव भने छैन ।”
त्यस्तै उहाँले भन्नुभयो, ‘ हामीले २५० बर्षे राजतन्त्र फालेर दलतन्त्र ल्याऔँ त्यो दलतन्त्रले पनि जनताको समस्यामा केहि फेरबदल गरेन अब ६०-७० बर्षे दलतन्त्र फालेर जनतन्त्र’ ल्याउने समय भएको छ । जसको फलस्वरुप युवाहरु अगाडी आउने तयारीमा आफूहरु जुटेको पनि बताउनु भएको छ ।
उहाँको उम्मेद्वारी भने अरु युवाहरुको भन्दा फरक ढंगले भएको बताउनुहुन्छ ।उहाँले भन्नुभयो, “अरु साथीहरुले आफ्नो स्थायी ठेगाना जहाँ छ त्यहिँबाट उम्मेद्वारी दिनुभएको छ भने मैले चाहिँ अलि विकट दुर्गम गाउँ त्यसमा पनि प्रधामन्त्रीको गाउँलाई आफ्नो कर्मथलोको रुपमा छनौट गरेको छु । मलाई पक्कै पनि आफ्नै ठाउँबाट निर्वाचन लड्न सजिलो हुनेथियो होला तर पनि मैले राष्ट्र्रिय मूद्दालाई अघि बढाउन एसो गर्नुपरेको हो ।”
यसरी १६५ क्षेत्रबाट आएका फरक फरक नेतृत्वबाट आएका फरक योजनाका आधारमा नितिनियम बनाउने अभियान रहेको पनि बताउनुभएको छ । जस्तै महिलाले महिलाका योजना ल्याउनुहुन्छ; आदिवासी जनजातीले आदिवासीका योजना ल्याउनुहुनेछ; त्यसैगरी कोही सामाजिक अभियन्ता हुनुहुन्छ वहाँले सामाजिक योजना ल्याउनसक्नुहुन्छ ? यसरी १६५ वटै क्षेत्रबाट आएका विभिन्न योजनाहरुलाई निति निर्माणमा समावेश गर्न सकिने कुरा पनि उहाँले बताउनुभएको छ ।
‘अबको क्रान्ति बुलेटबाट होइन ब्यालेटबाट’ भन्ने नाराका साथ ईन्जिनियर सागर ढकालले आफ्ना ५ वटा प्रमुख एजेण्डाहरु जनतासामू राख्नुभएको छ । उहाँका एजेण्डाहरु यसप्रकार रहेका छन् :
१. १६५ वटा प्रत्यक्ष निर्वाचन क्षेत्रमा अधिकांस ४० वर्ष मूनिका योग्य उम्मेद्वार उठाउने
२. भौतिक विकाससँगै आध्यात्मिक विकास
३. धर्म निरपेक्षतामा आफ्नो विचार
४. गणतन्त्र
५. संघीयता
समग्रमा हामीले अहिले सम्म जति पनि संविधानहरु परिवर्तन गर्यौं त्यसमा गहन ढंगले अध्ययन गरेका छैनौं ? हामीले हरेक पटक देशलाइ एउटा ल्याबको रुपमा प्रयोग गरेको जस्तो लाग्छ ? त्यसैले यसलाई राम्रोसँग सोचेर नेपालको माटो अनुसार सुहाउने व्यवस्था कुन हो ? नेपाललाई राम्रोसँग गाउँदेखि विश्वसम्म बुझेका विज्ञहरुलाई एउटै प्लेटफर्ममा ल्याएर गहन छलफल गरी मात्र देशलाइ दिगो रुपमा विश्वमा कहाँ राख्न सकिन्छ ? त्यसै अनुरुप अगाडी लैजान सकिन्छ भन्ने वहाँको धारणा रहेको छ ।
स्रोत : ई. सागर ढकाल जीको फेसबुक पेजबाट
Your Opnion