घरेलु उद्योग बन्न थाले परम्परागत आरन - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

घरेलु उद्योग बन्न थाले परम्परागत आरन

काठमाडौँ-     पाल्पाको वगनासकाली ६ यम्घाका खिमबहादुर विश्वकर्माले बाली उठाउन छोडेको पाँच वर्ष भयो । खिमबहादुरले चापपानी—तानसेन सडकखण्डको छेवैमा घरेलु उद्योग सञ्चालन गर्न थालेका छन् । “हजुरबुबाको पालादेखि बालीघरमा काम गथ्र्यौ, बुबाको निधनपछि छोडियो”, खिमबहादुर भन्छन्, “अहिले नगदमै कारोबार हुन्छ, श्रमको मूल्य पाएका छौंँ ।”

गाउँघरमा प्रयोग हुने हँसिया, कुटो, कोदालो, बञ्चरो जस्ता कृषि औजार तथा हतियारमा धार लगाउने जस्ता काम बालीघरे प्रथा अनुसार हुँदै आएका थिए । वर्षभरि औजारमा धारलगाएबापत दुई–तीनपाथी धान, चामल, मकै, कोदो लगायतका अन्न घरघर पुगेर उठाउँदै आउनुपरेको थियो ।

“आँगनको डिलमा बसेर अन्न माग्नुपथ्र्यो”, खिमबहादुर विगत सम्झँदै भन्छन्,“माग्न आयो जस्ता शब्द प्रयोग गर्थे ।” श्रम गरेर पनि मगन्ते हुनुपर्दा दु:खलागेको खिमबहादुर सुनाउछन् । उनले गएको वर्षदेखि मासिक रु एक हजार पाँच सय तिर्नेगरी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

उनले काँचो फलाम खरिद गरी सीपको प्रयोगबाट नयाँ कृषि औजार र हतियार बनाउने गरेका छन् । यहाँबाट हँसिया, कुटो, कोदालो, बञ्चरो, खुँडा, भाला जस्ता फलामका औजार तानसेन, बुटवललगायतका बजारमा बिक्री हुँदै आएका छन् । बगनासकाली– ९ चापपानीका टेकबहादुर विकले पनि बालीघरे प्रथा हटेपछि आरन पेसालाई व्यावसायिक रुपमा अगाडि बढाउन थालेका छन् ।

विगत १६ वर्षदेखि फलामका घरेलु हतियारको काम गर्दै आएका टेकबहादुर दैनिक फलामका घरेलु हतियारमा धार लगाउने र नयाँ औजार बनाउने गर्छन् । मासिक रु ३५ हजार देखि ५० हजार सम्मको कारोबार गर्ने उनले बनाएका खुँडा, भाला जस्ता हतियार चाडवाडमा पशु बध गर्नका लागि विभिन्न क्षेत्रमा बिक्री हुने गरेका छन् । “दसैँमा मात्रै रु ५० हजारको बेचे, मन्दिर, कोटघर र घरायसी प्रयोगमा बढी बिक्री हुन्छ”, टेकबहादुर भन्छन्, “१७ वर्ष हली भएर गोरु जोते, आरनलाई व्यावसायिक गर्न थालेपछि राम्रै कमाइ भएको छ, छोरोछोरी पढाउन समस्या परेको छैन् ।” गाउँघरमा घाँस काट्ने हँसिया, धान काट्ने दँतिया, कोदालो, कोदाली, बञ्चरो, खँुडा, भालालगायत कृषि औजार र घरेलु हतियारको बढी प्रयोग हँुदै आएका छन् ।

जिल्लाको बगनासकाली, रिब्दीकोट, तिनाउ, रैनादेवी गाउँपालिका लगायतका स्थानीय तहले परम्परागत आरनलाई व्यावसायिक बनाउन सहयोग गरेका छन् । बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीका अनुसार स्थानीय तहले ‘ग्रेन्डर’, ‘वेल्डिङ’ जस्ता सामग्री र व्यवसाय स्थापना गर्न जस्ता पाता सहयोग गरेका छन् । परम्परागत आरनमा लागत मूल्य बढीपर्ने हुँदा फलाम काट्न र जोड्न सजिलोका लागि मेसिनरी सामग्री सहयोग गरिएको अध्यक्ष चिदीको भनाइ छ ।

यहाँका ३० बढी परिवारले परम्परागत आरन पेसा गर्दै आएका छन् । उनीहरुमध्ये २० जनाले व्यावसायिक घरेलु उद्योगको रुपमा आरन सञ्चालन गर्न थालेका छन् । तानसेन तथा बुटवल जस्ता सहरबाट कच्चा सामग्री ल्याएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

रासस

Your Opnion

//