कालीगढ पलायनले टक्सारको धातु व्यवसाय सङकटमा - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

कालीगढ पलायनले टक्सारको धातु व्यवसाय सङकटमा

काठमाडौँ–       इतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो । तर अहिले आएर स्थानीयवासीसमेत विस्थापित हुने क्रम बढेकाले त्यहाँको धातु व्यवसाय नै सङ्कटमा परेको छ ।

स्थानीयवासीका साथै दक्षकालीगढसमेत विस्थापित हुन थालेपछि टक्सारमा अहिले चार पाँच घरले मात्र धातुको व्यवसाय गर्दे आइरहेका छन् । विगतमा भोजपुरको टक्सारमा बनेका धातुका सामग्री बिक्रीका लागि अन्यत्र जाने गरेको भए पनि अहिले जिल्ला बाहिर बनेका धातुका सामग्री भोजपुरमा बिक्रीका लागि आउने गरेको व्यवसायी नवराज श्रेष्ठले बताए ।

अहिले बजारमा बिक्रीका लागि राखिएका धातुका सामग्री धेरै मात्रमा धरानबाट आउँछ । अहिले केही घर बाँकी रहेका टक्सारका व्यवसायी पनि माग अनुसारका सामग्री मात्र उत्पादन गर्ने गरेको स्थानीय साजुकाजी शाक्यको भनाइ छ । शाक्यले भने, “विगतमा जस्तो धातु व्यवसाय अहिले छैन, ऐतिहासिक टक्सार बजार अहिले नाममा मात्र सीमित बन्न पुगेको छ ।”

टक्सारमा निर्मित करुवा, तामाको भाँडा, गाग्रो, काँसको थाल, लोटा, आमखोरा, अन्टी, ग्लास, कचौँरा, डबका नेपालभित्र मात्र नभएर विदेशमासमेत प्रसिद्ध रहेको थियो । ऐतिहासिक कलामा पोख्त कालीगढ पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप भएको हो ।

कालीगढको अभावसँगै कच्चापदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन । स्थानीयस्तरमा खानी सञ्चालन नभएकोले तराईबाट आवश्यक कच्चापदार्थ र कोइला ढुवानी गर्दा महँगो हुने भएकाले पनि टक्सारबाट कालीगढको विस्थापन हुने क्रम बढेको स्थानीयवासी बिमल शाक्यले बताए ।

टक्सारमै रहेको घरेलु विकास कार्यालयका अनुसार विगतमा दर्ता भएका धातु उद्योग अहिले केही मात्र सञ्चालनमा देखिएका छन् । यहाँ निर्मित हस्तकलाका सामग्री नेपालमा मात्र होइन, चीनको तिब्बत् र भारतको दार्जिलिङ्, आसाम, सिलगढी तथा कोलकातासम्म बिक्रीका लागि निर्यात हुने गरेको स्थानीयवासीको भनाइ छ । टक्सारबाट विस्थापन हुने क्रम नरोकिएकाले पनि यो बजारको धातु उद्योग पनि सङ्कटमा परेको स्थानीयवासी बिमल रणपहेलीको भनाइ छ ।

रासस

Your Opnion

//