काठमाडौँ- निर्माणको १५ वर्षसम्म अलपत्र एंव अव्यवस्थित बनेको नुवाकोटको (बट्टार) बसपार्क सञ्चालनमा आएको छ । बसपार्क सञ्चालनमा अएसगैँ अबदेखि नुवाकोटको विदुर नगरक्षेत्रमा त्रिशूली बसपार्क र बट्टार बसपार्कमा मात्रै टिकट काउन्टर राखिएको छ । रसुवा जाने यात्रुको हकमा मात्र ढुङ्गेमा सम्पर्क केन्द्र स्थापना गरिने भएको छ ।
विसं.२०६४ सालमा निर्माण भएको बसपार्कको सञ्चालन पूर्व नै आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण बनाइएको छ । विदुर नगरपालिका मार्फत बसपार्कको लागी आवश्यक टर्मिनल सहितको भवन निर्माण, पानी, शौचालय, विद्युत, विद्युतीय सवारी सधन चार्जिङ स्टेशन ९निर्माणको अन्तिम चरणमा० टेलिफोन, इन्टरनेट, नेपाल प्रहरीको चौकी स्थापना सहित नगर प्रहरीबाट सुरक्षा प्रबन्ध मिलाइएको छ ।
करोडौ रुपैयाँ लगानीमा निर्माण गरेर बसपार्क अलपत्र हुनुमा मूल सडकबाट २०० मि. र बजार क्षेत्रबाट एक किमी भित्र पर्ने भएकाले यातायात समिति र स्थानीय व्यवसायीलाई बाधकको रुपमा लिइन्थ्यो । तर, निरन्तरको छलफल पछि उनीहरुकै सहयोगमा बसपार्क सञ्चालनमा ल्याइएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।
अबदेखि यातायात व्यवसायीले सार्वजनिक यातायातका साधनहरु बसपार्क भित्र लैजानु पर्ने र त्याहाँ १५ मिनेट रोक्नुपर्ने, बजार क्षेत्रमा रहेका टिकट काउन्टरहरु सबै बसपार्क भित्रै राख्नुपर्ने, बसपार्क भन्दाबाहिर यात्रुलाई चढाउने र ओराल्ने सुविधा मात्र उपलब्ध हुने (यात्रुलाई कुरेर बस्न नपाइने) भनेर गरिएका निर्णयको पूर्ण पालन हुनेछ ।
विदुरको नगर क्षेत्रका बजारमा यही असोज ११ गतेदेखि सार्वजनिक यातायातका साधनहरु जथाभावी पार्किङ गर्न तथा बजार पसल एवम् ठेलागाढामा ब्यापार गर्न प्रतिबन्ध लगाइएको छ । उक्त व्यवस्थालाई पनि अब थप कडाई गरिने भएको छ ।
विदुर नपा–४ स्थित बट्टारमा निर्माण गरिएको बसपार्क विसंं २०६४ सालमा रु।७७ लाख लगानीमा तयार गरिएको थियो । त्यसपछि हरेक वर्ष आवश्यक पूर्वाधार थप गर्दै ढेड करोड भन्दाबढी लगानी त्यस पछिका वर्षमा खर्चिएको पाइन्छ । करोडौ रुपैयाँ पर्ने जग्गा अधिकांश दाताबाट नि:शुल्क र केही मुआब्जा (खरिद)बाट प्राप्त गरेको बसपार्कको भूगोल ३६ रोपनीमा फैलिएको छ ।
रासस
Your Opnion