मन्दीको चेतावनीबीच कमजोर भयो अमेरिकी डलरको तुलनामा बेलायती पाउण्ड - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

मन्दीको चेतावनीबीच कमजोर भयो अमेरिकी डलरको तुलनामा बेलायती पाउण्ड

काठमाण्डौ :- बेलायत सरकारले घोषणा गरेको आधा शताब्दीको सबैभन्दा ठूलो कर कटौतीले अन्तर्राष्ट्रिय विश्वासलाई कमजोर बनाएपछि सोमबार अमेरिकी डलरको तुलनामा बेलायती पाउण्डको मूल्य कमजोर बनेको छ ।सोमबार बिहान पाउण्ड करिब चार प्रतिशतभन्दा बढीले घटेर १।०३५ डलरको हाराहारीमा पुगेको छ ।

यससँगै पाउन्डको मूल्य डलरको बराबरीको नजिक पुगेको छ । यद्यपि बेलायती मुद्राको अवस्था अपरान्ह्सम्ममा १.०७ डलरभन्दा माथि पुगेको छ । सन् १९७२ यताकै सबैभन्दा ठूलो ४५ अर्ब पाउण्डको कर कटौतीपछि चान्सलर क्वासी क्वार्टेङले सप्ताहन्तमा ‘अझै धेरै कुरा आउन बाँकी’ रहेको बताएपछि यो ठूलो परिवर्तन भएको हो ।

क्वार्तेङले आइतबार सञ्चारकर्मीसँग भने , “म अर्को वर्ष हेर्न चाहन्छु कि मानिसहरूले आफ्नो आयको अधिक हिस्सा कायम राख्छन्, किनकि मलाई विश्वास छ कि यो बेलायती जनतालेनै यो अर्थव्यवस्थालाई चलाइरहेका छन्।” बेलायती अनलाइन इन्भेस्टमेन्ट सर्भिस इन्टरेक्टिभ इन्भेस्टरका बजार प्रमुख रिचर्ड हन्टरका अनुसार डलरको शक्तिसँगै सरकारी बजेटको प्रभावले स्टर्लिङलाई केही समयका लागि अहिलेसम्मकै न्यून बिन्दुमा पुर्‍याएको छ ।

हन्टरले भने , “बजेटले पहिले नै अत्यधिक ऋणग्रस्त अर्थव्यवस्थामा थप दबाब सिर्जना गर्नेछ भन्ने चिन्ताले वित्तीय अनुशासनहीनताको आरोपको सामना गर्नु परेको छ । यसको परिणामस्वरूप बैंक अफ इंग्ल्याण्डले प्रतिक्रियामा आपतकालीन घोषणा गर्नुपर्ने हुन सक्छ भन्ने अड्कलबाजी पनि भएको छ ।

क्वार्तेङले शुक्रबार कर कटौती गर्ने र आर्थिक वृद्धिलाई बढावा दिने आफ्नो महत्वाकांक्षी योजना सार्वजनिक गरेकाथिए । बजार विश्लेषकहरूले यस्तो आर्थिक अनिश्चितताको सामना गर्दा सरकारलाई घाटाको वित्तपोषण गर्न ठूलो कठिनाई हुने सङ्केत गरेका छन् ।

Your Opnion

//