कञ्चनपुरमा सामुदायिक विद्यालय मा विद्यार्थीको भर्ना बढ्दै - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

कञ्चनपुरमा सामुदायिक विद्यालय मा विद्यार्थीको भर्ना बढ्दै

सांकेतिक

काठमाण्डौ :- कञ्चनपुरमा पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएपछि सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर माध्यमिक विद्यालयमा गत वर्षको भन्दा यस वर्ष विद्यार्थीको सङ्ख्या बढेको छ ।

विसं २०७५ मा नौ सय विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा पाँच वर्षको अवधिमा एक हजार सात सय पुगेको छ । विसं २०७६ मा विद्यालयमा एक हजार एक सय विद्यार्थी अध्ययनरत रहेकोमा २०७७ मा विद्यार्थीको सङ्ख्या बढेर एक हजार सात सय पुगेको विद्यालयका प्राचार्य ललित साउँदले बताए।
विसं २०७८ मा विद्यालयमा एक हजार नौ सय विद्यार्थी अध्ययनरत रहेकोमा यस वर्ष विद्यार्थी सङ्ख्या बढेर दुई हजार दुई सय पुगेको उनले बताए ।

“हरेक वर्ष हाम्रो विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेको छ ।” उनले भने , “हामीले पनि हरेक वर्ष गुणस्तर बढाउँदै लगेका छौँ ।” उनले सामुदायिक पनि अङ्ग्रेजी माध्यमबाट शिक्षा दिन थालेपछि विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको जानकारी दिए । “सामुदायिक विद्यालयमा पनि अङ्गे्रजी माध्यममा अध्यापन हुन थालेको छ यसले पनि सामुदायिक विद्यालयप्रति आकर्षण बढेको हो ।”

उनले भने , “सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सरकारले पनि धेरै लगानी गरेको छ ।” उनले माध्यमीक तहमा सामुदायिक विद्यालयमै प्राविधिक धारका कक्षासमेत सञ्चालन भएपछि विद्यार्थीको सङ्ख्या बढेको जानकारी दिए । “हामीले प्राविधिकतर्फ कृषि, ओभरसेयर, सव–ओभरसेयरका कक्षा सञ्चालन गरेका छौँ ।” उनले भने , “विद्यालयको गुणस्तर सुधार र शैक्षिक क्रियाकलापले पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको चाप छ ।”

उनले विद्यार्थीको सङ्ख्या बढेपछि कक्षामा सेक्सनसमेत थप भएको बताए । सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि छात्रवृत्ति, विद्यालयमा खाजा र राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रम ल्याएपछि विद्यार्थी र अभिभावकको आकर्षण बढेको उनले बताए । महेन्द्र माध्यमिक विद्यालयले यस वर्षदेखि कानुन सङ्कायको समेत अध्ययपन गराउन थालेपछि यहाँ आउने विद्यार्थीको सङ्ख्या बढेको उनले बताए ।

त्यसैगरी निङ्लाशैनी माध्यमिक विद्यालयका प्राचार्य भवानी पन्तले विगतका वर्षहरुको तुलनामा यस वर्ष सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको बताए । “पछिल्लो समय जसरी साुमदायिक विद्यालयले पढाइ र व्यवस्थापनमा सुधार ल्याए यसले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढेको छ ।” उनले भने , “हाम्रो विद्यालयमा पनि गत वर्षको भन्दा १० प्रतिशतले विद्यार्थीको सङ्ख्या बढेको छ ।”

उनले अहिले सामुदायिक विद्यालयमा शैक्षिक क्रियाकलाप बढेकाले विद्यार्थीको आकर्षण बढेको बताए । जिल्लाको सबैभन्दा पुरानो नमूना विद्यालय वैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका प्राचार्य हरिराज विष्टले सामुदायिक विद्यालयप्रति अविश्वास घट्दै गएको बताउछन । “एक पटक सामुदायिक विद्यालयको स्तर निकै घटेको थियो त्यो देखेर सामुदायिक विद्यालयका शिक्षक र व्यवस्थापन पक्ष आफैँ सचेत भए ।”

उनले भने , “सामुदायिक विद्यालयमा पहिलेको भन्दा अहिले धेरै सुधार भएकाले विद्यार्थी बढेका हुन् ।” सामुदायिक विद्यालयको अस्तित्व नै सङ्कटमा परेपछि सुधारका लागि सबै लागेको उनले बताए । “विद्यालयको व्यवस्थापन र प्रशासन पक्ष सचेर भएर सुधारको अभियानमा लागे यसले सामुदायिक विद्यालयको गुणस्तरमा निकै सुधार ल्याएको छ ।”

उनले भने , “हाम्रो विद्यालयमा मात्रै होइन पछिल्लो समय देशभरिका सबै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ ।” पछिल्लो समय सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याए पनि सरोकारवाला निकायले चासो नदिएको उनले गुनासो गरे । “शिक्षा समन्वय एकाइ र पालिकाको शिक्षा शाखाले समय समयमा अनुगमन गर्नुपर्‍यो ।”

उनले भने , “राम्रो काम गरेकालाई प्रोत्साहनका कार्यक्रम ल्याउने र नराम्रो गरेकालाई कारबाहीको दायरामा ल्याएर सुधार गर्न लगाउने गनुपर्छ ।” उनले विद्यालय आफैँ सचेत भएर गुणस्तर सुधारमा लागे पनि सरोकारवाला निकायबाट सहयोग हुन नसकेको बताए ।“अहिले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढेको छ हरेक वर्ष विद्यार्थी बढ्न थालेका छन् ।”

उनले भने , “विद्यालयलय एक्लैले लागेर पर्याप्त हुँदैन यसका लागि शिक्षक अभिाभावक र सरोकारवाला निकाय सबै लाग्नुपर्छ”, उनी पछिल्लो समय सामुदायिक विद्यालयमा सरकारले पनि लगानी बढाएकाले विद्यालयका भौतिक संरचनासमेत सुविधा सम्पन्न हुन थालेको जानकारी दिए । सरकारले लागू गरेको राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रमबाट विद्यालयलाई प्रविधिमैत्री बनाउनसमेत टेवा पुगेको उनले बताए ।

“अहिले हरेक सामुदायिक विद्यालयमा कम्युटर ल्याब छन् कक्षा कोठामा प्राजेक्टर छन् सुविधा सम्पन्न विद्यालय छन् ।” उनले भने , “आवश्यकताको आधारमा शैक्षिक क्रियाकलापसमेत बढेकाले विद्यार्थी सामुदायिक विद्यालयमा आउन थालेका छन् ।” त्यसैगरी यहाँको सरस्वती माध्यमिक विद्यालयका प्राचार्य जगन्नाथ पाण्डेयले विगतका वर्षहरुको तुलनामा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको बताए ।

“सामुदायिक विद्यालयमा सुधार भएपछि निजी विद्यालय छोडेर सामुदायिकमा आउने क्रम बढेको छ ।” उनले भने , “सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारमा सबैले सचेत भए यो सङ्ख्या अझ बढ्छ।”
कोरोना महामारीपछि आर्थिकरुपले धराशायी भएकाले पनि सामुदायिक विद्यालयमा भर्ना हुनेको सङ्ख्या बढेको शिक्षकको बुझाइ छ ।

Your Opnion

//