काठमाडौँ- रोयल इन्फिल्ड सर्भिस सेन्टर (Royal Enfield Service Centre) मिनभवनले खेर गएको स्पेयर्स पार्ट्सबाट शानदार कुर्सी (Chair) निर्माण गरेको छ । सो सर्भिस सेन्टर प्रयागमार्ग, मिनभवनमा रहेको छ । यस सर्भिस सेन्टरका मालिक(Owner) गणेश निरौलाले आफैँ निर्माण गरेको सो कुर्सी (Chair) ले जनमानसमा छुट्टै पहिचान बनाउने पनि बताएका छन् ।
नास्ता खाना आउने जाने मानिसहरुले पनि उक्त कुर्सिलाई अवलोकन गरुन भन्ने उद्देष्यले सोरुमको अपोजिटमा रहेको झकास खाजाघरमा समयका लागि राखिएको छ ।
उनले सर्भिस सेन्टरमा खेर गएको स्पेयर्स पार्ट्सबाट आकर्षक कुर्सी (Chair) बनाएका हुन् । उनलाई नयाँ नयाँ कृयसनमा पहिले देखि नै धेरै रुची भएकाले कोरोना लकडाउनको बेला खाली समयमा यसप्रकारको कुर्सी निर्माण गर्ने सोच बनाएर सो कुर्सी निर्माण गरेको बताएका थिए ।

ईन्जिनियर्स पोष्ट डटकम सँगको कुराकानीमा निरौलाले भने, “आफूले कुनै टिभि सो मा यसकिसिमको कुर्सी देखेकाले यस्तो प्रकारको नयाँ कृयसनले एकातिर अर्थो उपार्जन हुने भने अर्कोतिर समाजमा आफ्नो छुट्टै पहिचान पनि बनाउन सकिने भन्ने लागेर निर्माण गरेको पनि बताए साथै उनले अहिले युथ सर्कहरुले पनि यस किसिमका कृयसनहरु गरुन् ताकि थोरै पैसा कमाउनकै लागि विदेशिनु नपरोस् भन्ने पनि उनको चाहना रहेको बताए ।”
ईन्जिनियर्स पोष्ट डटकमको यो कुर्सीको मूल्य त निकै महङ्गो पर्नजान्छ होला ? भन्ने प्रश्नको उत्तरमा उनले भने, “ नेपालमा राम्रो सामान अर्थात् युनिक वस्तुको लागि जति पनि पैसा खर्च गर्नसक्ने मानिसहरु पाइन्छन् । मलाई एक सेट कुर्सी अनि टेवलको लागि रु. छ लाखसम्म दिन्छु भन्ने पनि आइसकेका छन् । यो त मेरो स्याम्पल पीस (Sample Peace ) भएकाले बेचिन आउँदो दिनहरुमा अर्डर बमोजिम निर्माण गरौँला भन्ने सोच चाहिँ आफूले बनाएको पनि बताए ।”
अहिले नयाँ ढँगबाट काम गर्ने सोच राख्ने युवाहरुको जमात पनि बढ्दै गएकाले पक्कै पनि आफ्नो कृयसनलाई नयाँ जमातले मन पराइदिनेछन् भन्ने उनलाई लागेको छ । यसका बारेमा जानकारी लिनका लागि जोकोहिले पनि रोयल इन्फिल्ड सर्भिस सेन्टर प्रयागमार्ग, मिनभवनमा वा वर्कसपको अपोजिटमा रहेको झकास खाजाघरमा सम्पर्क गर्न पनि सक्नेछन् , उनले भने ।
यस भन्दा पहिले पनि उनले नयाँ नयाँ डिजाइनका गार्डेनहरु निर्माण गरीसकेको बताएका थिए । त्यसैगरी ईन्जिनियर्स पोष्ट डटकमसँगको कुराकानीमा आफूले सञ्चालन गर्दैआएको वर्कसप १३ वर्ष पुरानो रहेको र यसका साथै इमाडोल ललितपुरमा पनि अर्को वर्कसप रहेको बताए ।
Your Opnion