मोरङको बेलबारी नगरपालिकाक्षेत्र रिसोर्ट र पार्कबाट आम्दानी - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

मोरङको बेलबारी नगरपालिकाक्षेत्र रिसोर्ट र पार्कबाट आम्दानी

काठमाण्डौ : आम्दानी लिन सहरकै जग्गा हुनुपर्छ भन्ने होइन कुरालाई प्रमाणित गरेका छन् एक उद्यमीले । मोरङको बेलबारी नगरपालिकाक्षेत्रको लोहन्द्रा खोला पुलदेखि झण्डै २०० मिटर दक्षिण– पश्चिम क्षेत्रमा सुनसरी इटहरी उपमहानगरपालिका निवासी डम्बर तामाङले आफ्नो लगानीमा सुदर्शन मल्टिपल एग्रो रिसोर्ट सञ्चालनमा ल्याएको हुन ।

चार बिघा १० कठ्ठा जग्गा खरिद गरेर सञ्चालनमा ल्याइएको सो रिसोर्ट हेर्न लायकको बनाउने क्रम जारी छ । आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न र यसै पेसा वा व्यवसायबाट आम्दानी गर्ने हेतुले सञ्चालनमा ल्याइएको सो रिसोर्टमा स्वीमिङ पुल,फिस थेरापी, पार्क र विभिन्न परिकारको खाना पाउने सुविधा रहेको रिसोर्टका प्रबन्धक भोजन राईले जानकारी दिए ।

बस्नका लागि अत्यन्त सुविधाजनक कोठा रहेको सो रिसोर्टमा राँगाभैँसी, खसीबोका, स्थानीय जातका कुखुरापालन पनि गरिएको छ । अहिले तत्काल दुई करोड खर्च गरेर बनाइएको भौत्तिक संरचनाभित्र चार कठ्ठा जग्गामा विभिन्न प्रजातिका हेलिङसेन्टर पनि निर्माण गरिएको छ । कुरिलो र गुर्जोको खेती पनि सुरु गरिएको सो रिसोर्ट स्थानीय व्यक्तिका लागि मनोरञ्जनको केन्द्र बन्ने विश्वास गरिएको छ ।

बेलबारी नगरपालिका–२ स्थित लालभित्तीको सो रिसोर्टमा आउने मानिसले लोहन्द्रा खोलामा कलकल पानी बगेको र चारैतिर हरियाली हेर्न, चराचुरङ्गीको आवाज सुन्न तथा शिरानतर्फ चुरे पहाडको दुष्यावलोकन गर्न पाउँदा झन मन आनन्दित हुने विश्वास गरिएको छ ।

यसैगरी उद्यमी तामाङले विराटनगर निवासी सञ्जय अग्रवालसँगको साझेदारीमा सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा ओसियन पार्क पनि निर्माण गरेकाछन । नेपालकै सबैभन्दा ठूलो स्विमिङ पुल रहेको सो पार्कमा, वाटर पार्क, होटल, लज, हेल्थ क्लबजस्ता सुविधा रहेको उनले जानकारी दिए ।

एघार वर्ष अघि २१ करोडको लागतमा सञ्चालनमा ल्याइएको सो पार्कको क्षेत्रफल तीन बिघा छ । प्रवेश शुल्क नि:शुल्क रहेको पार्कमा चाडपर्व र बिदाको दिन अत्यधिक भीड लाग्ने गरेको छ । कोरोनाकालमा केही मन्दी आए पनि हाल पार्कले आम्दानी दिन थालेकोमा उद्यमी तामाङले खुसी व्यक्त गरेकाछन । यी दुबै पार्कमा दर्जनौँ मानिसले नियमीत रोजगारी पनि पाएका छन् ।

Your Opnion

//