झापामा महिलाको नाममा जग्गा पास गर्ने बढ्दै, ५१ करोड बढी राजस्वमा छुट - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

झापामा महिलाको नाममा जग्गा पास गर्ने बढ्दै, ५१ करोड बढी राजस्वमा छुट

काठमाण्डौ :- राज्यले पुरुषहरुलाई भन्दा २५ प्रतिशत महिलालाई जग्गा खरिद विक्रीमा राजस्व छुट दिएसँगै महिलाका नाममा जग्गा पास गर्नेको संख्या जिल्लामा बढेको छ । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरको आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अध्ययन गर्दा सो देखिएको हो । एक वर्षको अवधिमा ११ हजार ६७९ महिलाको नाममा जग्गा नामसारी गर्दा ५१ करोड ४२ लाख एक हजार ५१३ राजश्व छुट दिइएको छ ।

अघिल्लो आवमा सात हजार ६१ वटा लिखद पास गर्ने महिलालाई ३९ करोड २१ लाख आठ हजार ४२६ राजस्व छुट दिइएको थियो । अघिल्लो वर्षका तुलनामा गत वर्ष राजस्व छुट बढेको छ । कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीका अनुसार नगर तथा ग्रामीण क्षेत्रका दलितहरुलाई १० लाख २२ हजार १७७, सहिद परिवारलाई ११ हजार ६५० र पतिपत्नीको संयुक्त नाममा लिखद पास गर्ने पाँचलाई २३ हजार ४४२ राजस्व दिइएको छ ।

परिचयपत्रको आधारमा अपाङ्ग, महिला र दलितलाई २५ प्रतिशत र एकल महिलालाई ३५ प्रतिशतसम्म राजस्वमा छुट दिने गरेको कार्यालयले उनको भनाइ छ । यस कार्यालयबाट झापाको माईपूर्वका १० वटा स्थानीय तहको जग्गा किनबेचको पास हुने गरेको छ । कार्यालयले गत आव २०७८/७९ मा ८३ करोड २८ लाख नौ हजार ८३१ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले पुँजीगत लाभकर शीर्षकबाट २३ करोड ४१ लाख ७३ हजार २३५, अग्रीम कर १० करोड ८४ लाख चार हजार ७८, डोर शीर्षक वापत चार लाख २५ हजार राजस्व उठाएको हो । कार्यालयले एक वर्षको अवधिमा ५१ हजार १९६ लिखद दर्ताबाट सो सङ्ख्या बराबरको राजश्व सङ्कलन गरेकोहो।

मेचीनगर, भद्रपुर, कचनकवल, बिर्तामोड, हल्दीवारी, बाह्रदशी, झापा, अर्जुनधारा, कनकाई र बुद्धशान्तिसहितका १० वटा स्थानीय तहका जग्गाको किनबेचलगायत सम्पूर्ण कारोबार गर्ने यस कार्यालयले सबैभन्दा बढी बिर्तामोड नगरपालिकाबाट २० करोड ४५ लाख ५९ हजार ४९५ र सबै भन्दा कम झापा गाँउपालिकाबाट ७३ लाख ३३ हजार ७३४ राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

Your Opnion

//