पोखरामा भगिनी सहरको थिम पार्क निर्माण गरिने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

पोखरामा भगिनी सहरको थिम पार्क निर्माण गरिने

काठमाण्डौ :- नेपाल चीन दौत्यसम्बन्ध स्थापनाको ६७औँ वर्षका अवसरमा युनानको वाणिज्य र कुन्मिङ नगरको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेट गरेको छ । भेटमा पोखरा र युनानको कुन्मिङ सहरबीच भविष्यमा कसरी हातेमालो गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भएको प्रमुख अचार्यले जानकारी दिए ।

उनका अनुसार लिङचेन हुँ नेतृत्वको पाँच सदस्यीय प्रतिनिधि मण्डलसँग भगिनीसम्बन्ध कायम भएका विभिन्न सहरको थिम पार्क र त्यो पार्कमा ती सहरको पहिचान झल्किने गरी कर्नर निर्माण गर्ने विषयमा छलफल भएको थियो । थिम पार्कको निर्माणले पोखरामा चिनियाँ पर्यटक बढ्ने विश्वास गरिएको छ । सो पार्क निर्माणका लागि चिनियाँ टोलीले पोखरामा रहेका पार्कको अध्ययन गरिरहेको छ ।

सो अवसरमा लिङचेन हुँ नेतृत्वको चीनको प्रतिनिधि मण्डलले ५० लाख बराबरको स्वास्थ्य लगायतका सामग्री पोखरालाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ । सो क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको भगिनीसम्बन्ध रहेको चीनको कुन्मिङसम्म सिधा उडानका लागि पहल गर्ने विषयमा समेत छलफल भएको प्रमुख आचार्यले बताए ।

यस विषयमा चीनको टोलीले सकारात्मक प्रतिक्रिया दिएको छ । पोखरा महानगरपालिकाले चीनको कुन्मिङ, ग्वाङझाओ, यिविन, छुसाहो, हाइकाओ, नानिङलगायत सहरसँग भगिनीसम्बन्ध कायम गरेको छ । त्यस बाहेक जापानको कोमागाने, टर्कीको आडालर, दक्षिण कोरियाको ग्यान्बुक सहरसँग पनि पोखराको भगिनीसम्बन्ध छ ।

Your Opnion

//