काठमाडौँ – नेपाल भ्यालुयर्स एसोसियसन लुम्बिनी प्रदेशको मिति २०७९।०४।१४ गते भएको प्रथम अधिबेशनमा अध्यक्ष पदमा ई. यमलाल पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । उनीलगायत तेह्र(१३) जना सदस्यहरु कार्यसमितिमा निर्वाचित भएका छन् ।
उक्त अधिवेशनको शुभारम्भ समारोहमा नेपाल भ्यालुयर्स एसोसियसनका अध्यक्ष एवम बरिष्ठ ईन्जिनियर ऋषि कोइराला प्रमुख अतिथिमा तथा केन्द्रको महाचिव ई. मुक्ति पाण्डेको विशेष अतिथिका रुपमा सहभागीता रहेको थियो ।
नेपाल भ्यालुयर्स एसोसिएसनको लुम्बिनी प्रदेशको प्रथम अधिबेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरुको नामावली यसप्रकार रहेको छ :-
अध्यक्ष ई.यमलाल पाण्डे
उपाध्यक्ष ई. गोबिन्द पंगेनी
सचीव ई. बिबेक लामिछाने
सह-सचीव ई. अमित खनाल
कोषाध्यक्ष ई. आदर्श न्यौपाने
सदस्य ई. दिपेश घिमिरे
सदस्य ई. भुपेन्द्र वलि
सदस्य ई. रभी पान्डे
सदस्य ई. कृतेश श्रेष्ठ
सदस्य ई. रुपेश पाण्डे
सदस्य ई. विजय कर्मचार्य
Your Opnion