राष्ट्रियसभाले इञ्जीनियरिङ विधेयक संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

राष्ट्रियसभाले इञ्जीनियरिङ विधेयक संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाण्डौ :- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन विधेयक), २०७६’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले उक्त विधेयकमाथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव सभासमपक्ष पेश गरेकाथिए । त्यसअघि राष्ट्रिससभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘कारागार विधेयक, २०७६’ सभासमक्ष टेबुल गरेकाथिए ।

यस्तै उनले नै राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको योगमाया ‘आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराएकाथिए ।

Your Opnion

//