श्रीलङ्काका ग्याँस स्टेशनहरूले अगस्टदेखि राष्ट्रिय इन्धन पास मात्र स्वीकार गर्ने - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

श्रीलङ्काका ग्याँस स्टेशनहरूले अगस्टदेखि राष्ट्रिय इन्धन पास मात्र स्वीकार गर्ने

काठमाडौँ-     श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले सोमबार देशका ग्याँस स्टेशनहरूले अगस्ट १ देखि राष्ट्रिय इन्धन पास वा क्युआर कोड प्रणाली मात्र स्वीकार गर्ने बताएका छन्।

विजेसेकेराले सबै ग्याँस स्टेसन सञ्चालकहरुले तत्काल र निकट भविष्यमा क्युआर कोड प्रणाली अपनाउनुपर्ने र त्यो प्रणाली पालना गर्ने ग्याँस स्टेशनहरूलाई मात्र इन्धन वितरणमा प्राथमिकता दिइने बताएका हुन्।

मन्त्रीले ६० प्रतिशत ग्याँस स्टेशनहरूले पहिले नै सो प्रणाली लागू गर्न सक्षम रहेको बताएका छन् । जनतालाई राष्ट्रिय इन्धन पासमा दर्ता गर्ने काममा सहयोग गर्न समेत आग्रह गरेका छन् ।

राष्ट्रिय इन्धन पास मङ्गलबारदेखि विभिन्न ग्याँस स्टेशनमा लागू गरिने विजेसेकेराले बताएका छन् । श्रीलङ्काले केही समयदेखि पर्याप्त मात्रामा इन्धन आयात गर्न नसकेका कारण सवारी चालकका लागि साप्ताहिक इन्धन कोटा सुनिश्चित गर्न इन्धन पास ल्याइएको अधिकारीहरूले बताएका छन् ।

रासस/  सिन्ह्वा

Your Opnion

//