मकवानपुरको मकवानपुरगढीमा झोलुङ्गेपुल निर्माण - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

मकवानपुरको मकवानपुरगढीमा झोलुङ्गेपुल निर्माण

काठमाण्डौ :- खोलामा पुल नहुँदा लामो समयदेखि समस्या भोग्दै आएका मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका–१ मा झोलुङ्गेपुल निर्माण गरिएको छ । वडा नं १ मा रहेको वुदुने खोलामा रु ५० लाख १६ हजार ११३ को लागतमा उक्त पुल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

एक सय १८ मिटर लम्बाइ रहेको सो पुलको उद्घाटन गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले आज गरेकाथिए । गाउँपालिकाको आर्थिक र राडो नेपालको प्राविधिक सहयोगमा निर्माण भएको उक्त पुलको निर्माणबाट वडा नं १ का उक्त क्षेत्रका ३०९ घरपरिवार लाभान्वित भएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

साथै पुलको निर्माणले त्यहाँको चालिसे तथा जिम्मर खोला समेट्ने गरी पुलको निर्माण भएकाले स्थानीय बासिन्दालाई आउने र जाने समस्या हटेको बताइएको छ ।
रासस

Your Opnion

//