बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका विद्यालय प्रविधिमैत्री बन्दै - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका विद्यालय प्रविधिमैत्री बन्दै

काठमाण्डौ :- बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका आधारभूत विद्यालय प्रविधिमैत्री बन्दै गएका छन् । प्रविधिमैत्री विद्यालय बनाउनका लागि गाउँपालिकाले सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान गर्न थालेको छ ।

कक्षा १ देखि ३, कक्षा १ देखि ५ र कक्षा १ देखि ८ सम्म पढाइ हुने सबै विद्यालयमा इन्टरनेट जडान गर्न लागिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए । उनले भने , “विद्यालयमा इन्टरनेट जडान भएपछि प्राविधिक विषयको पठनपाठन गर्न सहज हुने विश्वास छ । विद्यालयलाई प्रविधिमैत्री सहज हुनेछ ।”

ग्रामीण दूरसञ्चार प्राधिकरणको सहयोगमा पालिकाका २७ विद्यालयलाई उपकरण हस्तान्तरण गरिएको छ । इन्टरनेट जडान गर्ने उपकरण प्राधिकरणले उपलब्ध गराएको र ती उपकरण विद्यालयलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । दुर्गम क्षेत्रका विद्यार्थीको इन्टरनेटमा पहुँच पुर्‍याउन प्राधिकरणको सहयोगमा उपकरण वितरण गरिएको हो ।

Your Opnion

//