ईन्जिनियरिङ्ग सेवालाई सातौँ तहमा नै भर्ना लिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाईँदै - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ईन्जिनियरिङ्ग सेवालाई सातौँ तहमा नै भर्ना लिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाईँदै

  • एस. के. थापा June 30, 2022

काठमाडौं-  नेपाल ईन्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश तथा बाग्मती प्रदेश मुख्यमन्त्री कार्यालय बिच साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । उक्त साक्षात्कार कार्यक्रममा नेपाल ईन्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश समितिका सभापति ई. रोहिणी पौडेलले समग्र इन्जिनियर समुदायको तर्फबाट बाग्मती प्रदेशका मुख्यमन्त्रि माननीय श्री राजेन्द्र प्रसाद पाण्डे समक्ष आठ(८) बुँदे ज्ञापन पत्र पेश गर्दै इन्जिनियर समुदाय देशको उन्नतिको लागि सहायक बन्न इच्छुक र अग्रसर रहेको बताउनुका साथै त्यसको लागि सम्मानजनक सहभागिता तथा उत्प्रेरणा राज्यले प्रदान गर्नुपर्ने बताएका थिए । यसका लागि वर्तमानमा केहि समस्या सम्बोधनका उपायमा प्रदेश सरकारले गर्न सक्ने र गरिनुपर्ने पहल र निर्णयहरुबारे मुख्यमन्त्रि ज्युलाई अवगत गराएका थिए।

उक्त विज्ञप्तिमा राज्यले ईन्जिनियरिङ्ग सेवाका कर्मचारीहरुलाई पहिले देखि नै निजामति/सरकारी सेवामा सातौं तहमा भर्ना लिने गरेकोमा, संघियता कार्यान्वयन सँगै छैठौँ तहमा भर्ना लिँदै आएकोमा बागमती प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा संचालन) अध्यादेश २०७८ लागु गरि सातौँ तहमा नै लिने व्यवस्था गर्दै यस अघि छैठौँ तहमा भर्ना भएकालाई पनि सातौँ तहमा हुने व्यवस्था गर्न आग्रह गरिएको छ ।

उक्त ज्ञापन पत्रमा बाग्मती प्रदेश सभामा पेश हुँदै गरेको स्थानीय सेवा अध्यादेश २०७८ मा हालसम्म समेटिएका विषय प्रति कृतज्ञता प्रकट गर्दै उक्त अध्यादेशमा केहि थप प्रावधान सहित अविलम्ब पास गर्न माग गरिएको छ। साथै विभिन्न इन्जिनियरिङ्ग विधाहरुका दक्ष जनशक्तिलाई समेत राज्यका निकायहरुमा समाबेश गरेर लैजान विधा थप गरि पदपुर्तिको व्यवस्था गर्न समेत माग गरिएको छ ।

सुचना प्रविधि, सुरक्षा लगायतका विषयमा दक्षता प्राप्त गरेका इन्जिनियरहरुको उचित सदुपयोग गर्न राज्यले ध्यान दिनुपर्ने, कार्यस्थलमा इन्जिनियरको सुरक्षालाई कडाइका साथ राज्यले दायित्व लिनुपर्ने लगायतका विषय समेटिएको उक्त ज्ञापन पत्रमा नेपाल ईन्जिनियर्स एसोसिएसन बाग्मती प्रदेस समितिको लागि आवश्यक कार्यालय तथा सम्पर्क कार्यालयहरुको लागि जग्गा तथा पुर्वाधारको स्रोत व्यवस्थापनको माग गर्दै प्रदेश तथा स्थानीय तहका पुर्वाधार सम्बद्द समिति तथा विविध निकायहरुमा ईन्जिनियर्स एसोसिएसनको सँस्थागत प्रतिनिधित्व सुनिश्चित गरि पुर्वाधार विकासमा यस्ता सँस्थाहरुको योग्यतालाई लाभको रुपमा सदुपयोग गर्न नितिगत व्यवस्था गर्न माग गरिएको छ।

साथै विकास र पुर्वाधारहरुका अभ्यास तथा नविनतम् प्रविधिहरुको बारे नियमित अध्ययन, अनुसन्धान र वहसपैरवीको कार्यमा इन्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश समिति अग्रसर भएर लागेकोले बताउँदै सोको लागि आवश्यक बजेटको समेत माग गरिएको छ।

उक्त साक्षात्कार कार्यक्रममा माननीय मुख्यमन्त्री पौडेलले नेपाल इन्जिनियर्स एसोसिएसन, बाग्मती प्रदेश कार्यकारिणी समितिको पेशागत हित प्रतिको सोचबाट आफु साँच्चै उत्साहित भएको बताउँदै मागहरु समयोचित सम्बोधनको लागि आफु सकारात्मक रहेको बताए । साथै यसरी नै प्रदेश सरकार तथा एसोसिएसनको प्रदेश समितिबिच भविष्यमा पनि निरन्तर छलफल तथा सहकार्य गर्न आवश्यक रहेको कुरा बताएका थिए।

कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश समिति, प्रबुद्ध इन्जिनियरहरु साथै मुख्यमन्त्री कार्यालयका जिम्मेवार अधिकारीहरुको समेत सहभागिता रहेको थियो।

Your Opnion

//