प्रधानसेनापति शर्मा लेवनान लगाएत अमेरिका सम्मको भ्रभणको लागि प्रस्थान - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

प्रधानसेनापति शर्मा लेवनान लगाएत अमेरिका सम्मको भ्रभणको लागि प्रस्थान

काठमाण्डौ :- द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धिका लागि प्रधानसेनापति प्रभुराम शर्मा आज लेवनान प्रस्थान गरेकाछन । प्रधानसेनापति शर्मा नेतृत्वको सात सदस्यीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेकाहुन ।

यही असार १० गतेसम्म भ्रमणका क्रममा टोलीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ लेवनान र सिरियाको निरीक्षण भ्रमण गर्नुका साथै उक्त मिशनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत बारेमा जानकारी लिने कार्यक्रम छ ।

भ्रमणका क्रममा, प्रधानसेनापति शर्माले लेवनान र सिरियाका युएन मिसनका उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्नुहुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । लेवनान प्रस्थान गर्नुपूर्व प्रधानसेनापति शर्मालाई शुक्रबार जङ्गी अड्डामा सम्मानगारत अर्पण गरिएको थियो ।

उक्त निरीक्षण भ्रमणपश्चात् प्रधानसेनापति शर्मा संयुक्तराज्य अमेरिकाको औपचारिक निमन्त्रणामा यही असार (१३–१७) सम्म अमेरिका भ्रमण गर्ने कार्यक्रम छ । अमेरिकाको भ्रमण टोलीमा पाँच सदस्य सहभागी हनुहुुनेछ । उहाँको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने बताइएको छ । प्रधानसेनापति शर्मा असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

रासस

Your Opnion

//