रुस युक्रेन द्वन्द्वका कारण खाद्यान्न अभाव - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

रुस युक्रेन द्वन्द्वका कारण खाद्यान्न अभाव

काठमाडौं-    रुस र युक्रेनका बीचमा जारी रहेको द्वन्द्वका कारण विश्वमा नै खाद्यान्न अभावको समस्या उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।संयुक्त राष्ट्रसंघले केही समयदेखि नै विश्वमा खाद्यान्नको अभाव रहेको भन्दै अहिले रुस र युक्रेनको द्वन्द्वले गर्दा यो समस्या झन् बढ्न सक्ने जनाएको हो ।

द्वन्द्वका कारण सो क्षेत्रमा र त्यहाँ मात्र नभएर खाद्य असुरक्षाको अवस्था विभिन्न देशहरु हुदै संसारभर फैलिन पनि सक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले बुधबार स्टकहोल्ममा सो कुरा बताएका थिए ।

महासचिव गुटर्रेसले बुधबार नै स्वीडेनका प्रधानमन्त्री माग्दालेना एन्डर्सनसँग भेटवार्ता गरेका थिए । त्यस भेटका क्रममा उनले विश्वमा बढ्दो खाद्य असुरक्षाका बारेमा कुराकानी पनि गरेको बताइएको थियो । त्यसक्रममा उनले रुस युक्रेन द्वन्द्वका साथै महामारीपछिको युरोपका बारेमा कुराकानी पनि गरेको बताइएको छ ।

 

रासस/सिन्ह्वा

Your Opnion

//