मत गणनास्थल बाहिर फस्टायो व्यापार - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

मत गणनास्थल बाहिर फस्टायो व्यापार

काठमाडौं-       निरु राजवंशी बिहान उज्यालो भएसँगै मेचीनगर नगरपालिकाको बाहिरी ढोका अगाडि आइपुग्छिन् । अनि सुरु गर्छिन् चिया, नास्ता पकाउन । चिया पाक्न नपाउँदै १० देखि २० कप भन्दै ग्राहकको अर्डर सुरु हुन्छ । यसरी उनको दिन बित्ने गरेको छ(६) दिन भयो । मेचीनगर नगरपालिकाको १५ वटै वडाको मतगणना यतिबेला नगरपालिकाको कार्यालयभित्र भइरहेको छ । मत परिणाम सुन्न बसेका दलका कार्यकर्ता राति अबेरसम्म र बिहान उज्यालो नुहँदै आइपुगेर चिया नास्ताको अर्डर सुरु गर्छन् । जिल्लाका पाँचवटा पालिकाको परिणाम आइसके पनि १० पालिकाको गणना जारी छ ।

आफूले मत दिएको पार्टीको परिणाम सुन्न आउने विभिन्न क्षेत्रका मतदातादेखि नेतासम्म गरी दैनिक एक हजार ५०० को हाराहारीमा नगरपालिका आसपास क्षेत्रमै हुन्छन् । उनीहरुलाई नै लक्ष गरेर मेचीनगर नगरपालिकाको गेट नजिकै चलिरहेको आधा दर्जन होटलसहित सडकमा चियानास्ता बेच्नेहरुको पसल यतिबेला बढेका छन् । लामो समयदेखि इँटाभट्टा बजार चोकमा आलु र प्याजको पकौडा बेच्दै आएकी निरुको अझै एक हप्ता त्यही व्यवसाय फस्टाउने देखिन्छ । “बजारतिर मान्छे छैनन् । सबै यतै भीड लागेका छन्”, उनी भन्छिन्, “व्यापार पनि हुने, चुनाव पनि हेर्न पाइने भनेर यतै व्यवसाय सुरु गरेको हुँ । अब भोट गनिसकेपछि पुरानै ठाउँमा फर्किन्छु ।” उनले दैनिक खर्च कटाएर रु एक हजार ५०० बढी आम्दानी गर्दै आएको बताइन् ।

निरुजस्तै पालिकाको परिसरमा खुद्रा व्यापार सुरु गर्ने यतिबेला १० जना छन् । सबै पसलका व्यापारीलाई चिया, नास्ता, पापड, पकौडा बनाएर बेच्न भ्याइनभ्याई छ । झण्डै एक महिनायता विभिन्न स्थानका चोक बजारमा व्यवसाय चलाउँदै आएका उनीहरुको व्यापार ठप्प थियो । “आम्दानीसँगै रमिता हेर्न मज्जा आइरहेको छ”, जेठ ३१ गते अपराह्नदेखि मत गणनास्थल परिसरमै पापड, पकौडा बेच्दै आएकी लिली चौधरीले भनिन्, “बिक्री पनि राम्रो भइरहेको छ, ग्राहकले कुरेर पनि बस्नु पर्दैन । अर्डरको सामान पुर्‍याउनै धौधौ छ । उनलाई श्रीमान् र छोरीले पनि साथ दिइरहेका छन् ।

लामो समयदेखि नगरपालिका छेउमै होटल सञ्चालन गर्दै आएका रमेश केसीको दिनमै जस्तो रातमा पनि यतिबेला व्यापार चलेको छ । उनका होटलमा मत परिणाम सुन्न आएका राजनीतिक दलका कार्यकर्ता, उम्मेदवारदेखि पार्टीका नेतासम्मको खाना, खाजा, चिया खानेको भीड लाग्ने गर्छ । निर्वाचन अधिकृतले बल्ल १, २ र ३ नं वडाको नजिता घोषणा गरेका छन् । वडा नं १ को नजिता निकाल्न ६० घण्टा लगाएको निर्वाचन अधिकृतको कार्यालयले बाँकीमा मने त्यति धेरै नलाएको जनाइए पनि स्थानीय पत्रकार प्रकाश पौडलले जिल्लाका अन्य पालिकाको तुलनामा मेचीनगरमा मतगणना ढिलो भइरहेको हुँदा अझै एक हप्ता लाग्न सक्ने बताए ।

सडक किनारमा पाल टाँगेर व्यापार सुरु गरेका व्यापारी र होटल सञ्चालकको पनि व्यापार व्यवसाय फस्टाएको छ । ठूला होटलमा भन्दा यतिबेला चिया, नास्ता र पकौडा, पापड बिक्री गर्ने खुद्रा पसलमै ग्राहकको भीड लाग्ने गरेको छ ।

रासस

Your Opnion

//