नागरिकता विधेयकबारे अध्यक्ष दाहालसँग छलफल - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

नागरिकता विधेयकबारे अध्यक्ष दाहालसँग छलफल

काठमाडौँ-       नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ले भेटवार्ता गरेका छन् ।

ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा आज बिहान भएको भेटमा समसामयिक राजनीतिक विषय, सङ्घीय संसद् सञ्चालन र सरकारले संसद्मा पेस गर्न लागेको विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि छलफल भएको छ । यसअघि पनि गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका थिए ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ । दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग भेटघाट गरेका छन् ।

रासस

Your Opnion

//