तुइन विस्थापनअन्तर्गत महाकाली नदीमा दुई वटा झोलुङ्गे पुलको तयारी - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

तुइन विस्थापनअन्तर्गत महाकाली नदीमा दुई वटा झोलुङ्गे पुलको तयारी

काठमाण्डौ :- तुइन विस्थापनअन्तर्गत महाकाली नदीमा निर्माण भएका दुई वटा झोलुङ्गे पुल सञ्चालनका तयारी गरिएको छ । नेपालमा भइरहेको स्थानीय तह निर्वाचनलगत्तै झोलुङ्गे पुल सञ्चालनको तयारी गरिएको हो । पुल निर्माण भएको तीन महिनापछि व्यास गाउँपालिका–४ स्थित मलघट्ट झोलुङ्गे पुल, मालिकार्जुन गाउँपालिका–६ बाँकुस्थित बाकु झोलुङ्गे पुल सञ्चालनको तयारी गरिएको हो । वडा नं ६ को बडुगाउँ पुल पनि निर्माण भैसकेको छ ।

पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले झोलुङ्गे पुल नियमित सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । “पुल निर्माण सकिएका बारे हामीलाई पत्र आइपुगेको छ”, उनले भने , “निर्वाचनलगत्तै पुल नियमित सञ्चालनका लागि गृहकार्य अघि बढाउँछौँ ।”

झोलुङ्गे पुल निर्माण भएका स्थानमा दुवैतर्फ सुरक्षा व्यवस्थापन गर्ने विषयमा शनिबार खलङ्गामा भएको नेपाल–भारतका सुरक्षा अधिकारीबीचको समन्वय बैठकमा छलफल भएको थियो । बैठकपछि पत्रकारसँग प्रजिअ उपाध्यायले पुल नियमित सञ्चालनका लागि दुवै देशका अधिकारी सहमत भएको र आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था मिलाएर चुनावपछि नियमति गराउन अघि बढेका छौँ भनेकाछन ।

झोलुङ्गे पुल निर्माण भए पनि पुल हस्तान्तरण र नियमित भएको पत्र नआउँदा स्थानीयवासीले अहिले तुइनकै सहारामा महाकाली वारपार गर्नुपरेको छ । व्याँस गाउँपालिका–२ का नरेन्द्रसिंह धामीले लामो समयदेखि पुल नियमित नहुँदा स्थानीयवासीले जोखिम मोलेर तुइन प्रयोग गर्नुपरेको बताए । महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्न सस्पेन्सन ब्रिज डिभिजनले चार ठाउँमा एकैपटक झोलुङ्गे पुल निर्माण गरेको थियो ।

मल्घट्टे तथा मालमा रु २ करोड ७३ लाखको लागतमा र बाकु तथा बडूगाउँमा रु २ करोड ५५ लाख ६४ हजारको लागतमा उक्त पुल निर्माण भएको हो । निर्माण भएका पुल सञ्चालनका लागि भारतकातर्फबाट कुनै समस्या नभएको धारचुलाका एसडिएम नन्दन कुमारले बताए । नेपालका तर्फबाट आधिकारिक पत्र आएलगत्तै हामी पुल नियमित सञ्चालनको लागि हामी तयार छौँ उनले भने ।

पुल नियमित सञ्चालन भएपछि त्यहाँ त्यसमा सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुन्छ । पुललाई चाडो सञ्चालनमा ल्याउन सके स्थानीयवासीलाई समेत नियमित आवत जावतमा सहज हुने मालका बासिन्दा दानसिह कार्कीले बताए । अहिले त खोला सानो छ, अब बर्खा लाग्दैछ । नदीको सतह पनि दिनदिनै बढ्दै गएको छ ।

यसका लागि निर्माण भएका झोलुङ्गे पुल सञ्चालन गर्नुपर्ने उनीहरुको माग थियो । केपीशर्मा ओली प्रधानमन्त्री हुँदा दार्चुलामा तुइन विस्थापन कार्यक्रमका लागि ११ स्थानमा झोलुङ्गे पुल निर्माण गर्न जिल्लाबाट प्रस्तावसहित माग गरिएकामा व्याँस ५ को तिगरम र लेकमको लालीमा पुल निर्माण भएर सञ्चालनमा आइसकेका छन् ।

Your Opnion

//