भक्तपुर बोडे स्थित कमल पोखरी लाई विक्री भएर फर्काइएको ५० वर्षपछि कमलको फूल - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

भक्तपुर बोडे स्थित कमल पोखरी लाई विक्री भएर फर्काइएको ५० वर्षपछि कमलको फूल

eQmk’/, @$ a}zfv -/f;;_ M dWok’/lyldsf] af]8]l:yt wfld{s Pj+ P]ltxfl;s sdn kf]v/Ldf %) jif{kl5 km’n]sf] sdnsf] km”n . @)#@ ;fndf JolQmsf] gfddf uP/ :yfgLo / dWok’/lyld gu/kflnsfsf] kxndf cbfntaf6 k’gM kf]v/Lg} sfod ePkl5 gu/kflnsfn] kf]v/Lsf] k’g{lgdf{0f ul/ sdnsf] km”n /f]k]sf] lyof] . tl:j/ M /d]z lu/L, /f;;

भक्तपुर : ‘वरिपरि लामोलामो झाडी, बीचमा दबदबे हिलो, त्यसमाथि घाँसैघाँस, डिलमा जथाभावी फालिएको फोहोर’, तीन वर्ष अघिसम्म त्यहीँ दृश्य देखिने मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखु: अर्थात् कमल पोखरीमा अचेल कमलको फूल फक्रेको देखिन्छ ।

व्यक्तिका नाममा दर्ता भई पटकपटक किनबेच भएको ऐतिहासिक यो पोखरीले आफ्नो स्वरुप लेला भन्ने कल्पना पनि नगरेका यहाँका बासिन्दा यतिखेर खुसी छन् । आफ्नै टोलको यस पोखरीमा झण्डै ५० वर्षपछि कमलको फूल फुलेको देख्दा मनै फुरुङ्ग भएको स्थानीयवासी शकुन्तला श्रेष्ठ बताउछन ।

आज बिहान पोखरीको बारमा समातेर कमलको फूल हेर्दै गर्नुभएको उहाँ दबदबे चौरमा परिणत भएको यो पोखरी फेरि सुन्दर होला, यसरी कमलको फूल फुल्ला, डुङ्गा चढ्न पाइएला भनेर कल्पना पनि गरेको थिइन तर अहिले पोखरीले पुनर्जीवन पाएर फूल फुलेको देख्दा खुसी लागेको छ ।

“गरे के सकिदैन रैछ र ? , स्थानीयवासीको साथ र जनप्रतिनिधिको चाहना भए असम्भव पनि सम्भव हुँदोरहेछ, भन्ने नमूना बन्यो यो पोखरी, पोखरी नजिकैकोे कुमारी मन्दिर र पार्कले बोडेको पहिचान नै फेर्‍यो, हामी खुसी छौँ”, बोडेका वीरेन्द्र जयना भन्छन ।

तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं १ को यस पोखरीले ओगटेको १५ रोपनी नौ आना सार्वजनिक जग्गा २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते मनाङका ग्ल्याल्पो गुरुङ, तेञ्जी शेर्पेनी, कर्सी जद्योना गुरुङसहित विभिन्न व्यक्तिका नाममा किनबेच भएपछि पोखरी सम्याएर घरेडी बनाउन डोजर आएपछि बल्ल स्थानीयवासीले पोखरी बिक्री भएको चाल पाए र विरोधमा उत्रिए ।

त्यसपछि यहाँका बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर नगरपालिका सहितको सहयोगमा गरिएको उजुरीमा भक्तपुर जिल्ला अदालतले २०७५ असार १९ गते उक्त कमलपोखरी सार्वजनिक सम्पत्ति भएको आदेश दिएपछि पोखरीको संरक्षणमा नगरपालिका जुट्यो । उक्त आदेशको भोलिपल्टै मध्यपुरथिमि नगरपालिकाले डोजरको सहायतमा पोखरीमा सफा गरी ७५ लाखको लगतमा संरक्षणका कार्य गरिएको पूर्वनगरप्रमुख मदनसुन्दर श्रेष्ठ बताउछन ।

उनी भन्छन , “म सानो छँदा कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरी बाबुबाजेको पालादेखि नै सार्वजनिक रहेको मलाई थाहा थियो, व्यक्तिका नाममा गयो भनेपछि चुप लागेर बस्न मनले मानेन, म नगरप्रमुख भएर आएपछि पोखरी जोगाउने दायित्व पनि थपियो, स्थानीयवासीसँग काँधमा काँध मिलाएर अदालत गइयो, उच्च अदालत र सर्वोच्च अदालतबाट पनि हाम्रै पक्षमा फैसला आएपछि यो पोखरीको संरक्षणमा जुटियो ।”

नगरपालिकाले पोखरीलाई ऐतिहासिक स्वरुपमै पुन:निर्माण गरेको छ । पोखरीमा दाँची अप्पा, माँअप्पा र इँटाको प्रयोग गरेर कलात्मक शैलीमा पुन:निर्माण गरी वरिपरि बार लगाइएको छ । पोखरीमा रोपिएको कमलको बिरुवाबाट फूल फुल्न थालेको छ भने नगरपालिकाले आन्तरिक पर्यटनको विकासका लागि पाँच लाखको लागतमा दुईवटा डुङ्गा सञ्चालनमा ल्याउनाका साथै दुई हजार माछाको भुरा पनि छाडेको छ ।

स्थानीयवासी जयना भन्छिन, “हामी बच्चा हुँदा पोखरीमा कमल फुल्थ्यो, पछि पुरियो, फोहर भयो, वास्तै भएन, अहिले राम्रो पोखरी बन्यो, यहाँ त अचेल बिहान मर्निङवाक, साँझ इभिनिङवाक गर्ने मान्छे धेरै हुन्छन्, पोखरीमा अहिले कमलको फूल फुल्यो यो ठाउँ हेर्दा हेर्दै आन्तरिक पर्यटनको गन्तव्य बन्यो ।” पोखरीको वरिपरि निर्माण भएको १० फिट चौडाइको ढलानसहितको फुटपाथ त्यसमाथि पोखरीको डिलमा तेलिया इँटा छापेर खाली खुट्टाले पनि हिँड्न मिल्ने बनाइएको नगरप्रमुख श्रेष्ठ बताउछन ।

यहीँ पोखरीमा फुलेको कमलको फूल यहीँको लायकू दरबारमा दसैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छड्ने जात्रा चलाउने ५० वर्ष अगाडिको परम्परालाई नगरपालिकाले यसै वर्षदेखि सुरु गरेको कार्यले संस्कृति र परम्पराको जगेर्ना हुनाका साथै विगतमा छुटेका सबै धार्मिक परम्परा अब सञ्चालन गर्न सकिने उनको भनाइ छ । पोखरी नजिकै नगरपालिकाले पुन:निर्माण गरेको कुमारी मन्दिर र कुमारी पार्कले यहाँ आन्तरिक पर्यटनको मुख्य गन्तव्य बन्न पुगेकोे छ ।
रासस

Your Opnion

//