भनिन्छ नि नेपाल मात्र होइन हिमालय आसपासमा अवस्थित सबै जस्तो क्षेत्र भुकम्पिय दृश्टिले उच्च जोखिममा छन्, अहिले सम्म भूकम्पको सफल पूर्वानुमान गर्न त सकिएको छैन तर ढिलो चाडो नेपालमा भूकम्प अबस्यम्भावी छ । अझै नेपालकै पश्चिमी क्षेत्र पोखरा देखि लिएर सुदुर पश्चिमी भु(भागमा सन १५०५ देखि आजको दिनसम्म ठुला भूकम्प नगएको विभिन्न अध्ययनहरुले देखाउँद्छन । अझै भन्ने हो भने उक्त क्षेत्रमा हालै भैरहेका अध्ययनहरुले पनि ठुलो मात्रामा शक्ति संचय भएर बसेको भन्ने देखाईरहेका छन् , यो संगै काठमाडौँ पूर्वमा पनि ठुलो भूकम्प नगएको र २०७२ सालको भूकम्प जाँदा पनि पूर्णमात्रामा शक्ति खर्च नभएको अध्ययनहरु देखाउँदछन, यसको अर्थ यो हो कि नेपालमा पुर्ब(पश्चिम क्षेत्रमा कुनैपनि बेला ठुलो भूकम्प जान सक्छ?्र उसो त गोर्खामा भूकम्प पछि केहि समय थला परेको आम जनजीबन अझै पनि राम्रोसँग उठ्न सकेको छैन, बिषेशगरि शहरी क्षेत्र भने भूकम्प गएको लामो समय भैरहँदा भूकम्पिय जोखिमलाई नै बिर्सेर विज्ञानलाई नै चुनौती दिने गरि पूर्ननिर्माणमा तल्लिन देखिन्छ ! पहाडी क्षेत्रलाई नियाल्ने हो भने पनि भूकम्पको जोखिमलाई नै चटक्कै बिर्सेर अगाडी बढेको स्पष्टै देखिन्छ, यिनै क्षेत्र लाई मात्रै हेर्ने हो भने पनि तिनवटै सरकार र जनता बीचको समन्वय, भुकम्पिय चेतना साथ-साथै तिनीहरुको भूमिकाको बारेमा स्पष्ट देख्न र बुझ्न सकिन्छ, त्यसकारण आगामी दिनमा नेपाल भरि नै भुकम्पिय सचेतना बढाउनु जरुरी छ साथै भूकम्प प्रतिरोधी संरचना निर्माणमा विज्ञहरुको प्रभावकारी उपस्थिति गराई देशभरि नै नयाँ अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ ।
भूकम्प बारे केही महत्त्वपुर्ण जानकारी:

क. भूकम्पको भनेको के हो ???
हामी महसुस गर्न सक्छौ कि पृथ्वीपिण्डको जति तल गयो त्यती तातो हुन्छ अब यो बुझौं कि आन्तरिक भागमा तापक्रम कति धेरै होला ?? त्यहि तापक्रमको कारणले पृथिवीको आन्तरिक भागमा रहेका चट्टान पग्लिने र माथि निस्किन खोज्ने प्रक्रिया हुने गर्दछ जसको भिप्रभावले एक किसिमको चक्र बन्ने गर्दछ । त्यहि कारणले पृथ्वीको माथिलो पत्र जुन छ त्यसलाई चर्काउन थाल्दछ जसको प्रभावले गर्दा चट्टानहरु टाढा जाने वा नजिक आउने गर्दछन । जुन प्रक्रिया करोडौ वर्ष देखि चलिरहेको छ त्यहि बेला जहाँ चक्रको असर बढी हुन्छ त्यो बेला चट्टान चर्किने र उर्जा निस्त्रित हुने गर्दछ । हामीले भूकम्प को महसुस गर्ने गर्दछौं । नेपालको संन्दर्भमा भन्ने हो भने नेपाल आफै दुई बिशाल भौगर्भिक खण्डमा अबस्थित छ, ति दुई प्लेटहरु हरेक सय वर्षमा झन्डै दुई मीटरको दरमा एक अर्कोतिर सरिरहेको पाइन्छ यो गतिविधिले गर्दा चट्टानमा चाप बाढी उत्पन्न हुने गर्दछ । जुन चाप बढ्दै गएपछि भूकम्पको रुपमा त्यो विसर्जन हुने गर्दछ, हो यही कारणले गर्दा नेपालमा भूकम्प जाने गर्दछ । अझै बुझ्ने हिसाबले भन्ने हो भने चट्टानहरुमा तन्काई बढी हुँदा त्यो तन्काईलाई पृथ्वीले थाम्न नसक्दा चट्टान टुक्रिनुको कारणले भूकम्प जाने गर्दछ । जुन चट्टान टुक्रिने प्रक्रिया छ त्यसलाई फल्ट अथवा भौगर्विक चिरा भन्ने गरिन्छ । जहाँ दुवै चट्टानहरु को बीचमा पारस्परिक स्थानातरण हुने गर्दछ; जुन केहि मीटर देखि केहि किलोमीटर सम्म हुने गर्दछ; सामान्यत भूकम्प भन्नाले पृथ्वीको सबैभन्दा माथिल्लो भागमा कुनै कारणले पृथ्वीको आन्तरिक शक्ति निस्त्रित हुनेक्रमा हुन जाने जमिनको कम्पनलाई नै भूकम्प भन्ने गरिन्छ । जुन कम्पन हामी सतह सम्मै महसुस गर्दछौ ।
भुकम्पिय बिज्ञानका अनुसार ठुला भूकम्पहरू भूकम्प जानु पूर्व र गए पछि पनि हामीले भूकम्पका साना ठुला धक्काहरु महसुस गर्ने गछौं । जहाँ भूकम्पको मुख्य धक्का जानु भन्दा पहिले क्रमिक रुपमा आउन सक्ने स-साना कम्पनहरुलाई फोरसक भन्ने गरिन्छ भने ठुला कम्पन गैसकेपछि आउने साना भूकम्पहरू लाई आफ्टरसक भन्ने गरिन्छ । जुन धक्काहरु महिनौ देखि बर्सौ सम्म महसुस गर्ने गरिन्छ । भूकम्प जाँदा जाने साना देखि ठुला धक्काहरु सेईस्मोग्रफ नामक उपकरण प्रयोग गरेर मापन गर्ने गरिन्छ। जुन म्याग्नेट्यूड स्केलमा मापन गर्ने गरिन्छ । हाम्रो समुदायको भूकम्प बारे अझैपनि जुन मौसमी प्रक्रिया भन्ने बुझाई छ त्यो भने बिल्कुल गलत बुझाई हो र यो भुकम्पियको बारेमा अहिले सम्म बिज्ञानले पनि भन्न सकेको छैन ।

ख. नेपालमा भुकम्पिय इतिहास कस्तो छ ?
नेपालमा भूकम्पको ईतिहासलाई हेर्ने हो भने सबै भन्दा पहिलो पटक १३१० मा भूकम्प गएको विभिन्न सरकारी विवरणहरुले देखाउँछन् । त्यति बेला नेपालका राजा अभय मल्लको पनि भूकम्प कै कारण निधन भएको विवरणहरुमा उल्लेख भएको पाइन्छ । साथै सबैभन्दा शक्तिशाली भूकम्प भने १९९० साल को महाभूकम्प (जुन भूकम्प संखुवासभाको चैनपुरमा केन्द्रबिन्दु बनाएर गएको थियो, ८.३ म्याग्नेच्युट ) लाई लिने गरिन्छ । जुन भूकम्पले नेपाल लगायत भारतका विविन्न ठाउँहरुलाई तहसनहस बनाएको पाइन्छ । त्यहि १९९० सालको भूकम्पले झन्डै १२,००० भन्दा बढी घरहरु धोस्त बनाएको थियो भने नेपालमा मात्रै ८,००० भन्दा बढि मानिसको ज्यान गएको थियो । १९९० साल को भूकम्पलाई संसारका शक्तिशाली भूकम्पहरु मध्यको एकका रुपमा लिने गरिन्छ । त्यसपछि हेर्ने हो भने २०४५ सालमा उदयपुर जिल्लाको मुर्कुछे भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर ६.६ म्याग्नेच्युटको भूकम्प गएको थियो । जुन भूकम्पले सोचे भन्दा बढी क्षति बनाएको थियो। त्यति बेला झन्डै ६५,००० घरहरु भत्किन पुगेका थिए । त्यसपछि २०६८ सालमा नेपाल र भारतको सिमानामा केन्द्रबिन्दु बनाएर ६.९ म्याग्नेच्युट को भूकम्प गएको थियो । र त्यसपछि गएको भूकम्प २०७२ सालमा गएको भूकम्प नै अर्को शक्तिशाली भूकम्प हो ।

ग. अहिलेकै अवस्थालाई हेर्ने हो भने काठमाडौँ उपत्यकाको अवस्था कस्तो छ त ???
माथि भनिए जस्तै नेपालमा भुकम्पको जोखिम बर्सौं सम्म रहिरहनेछ । बि. स. २०७२ सालमा जुन महाभूकम्प गयो त्यसपछि पनि हाम्रो चेतनाको स्तर अझै माथि उठ्न नसकेको जस्तो देखिन्छ ? काठमाडौँ उपत्यका लाई नै हेर्ने हो भने पनि अनियन्त्रित विकास निर्माण, अपर्याप्त भौतिक पूर्वाधार लगायत घरको डिजाइनमा भूकम्पिय सुरक्षाका तत्वहरुको अभाव, निर्माण सामग्रीको गुणस्तरमा अभाव, जगको लागि माटो परिक्षण लगायतको कमिले गर्दा उपत्यकामा अझै पनि जोखिम देख्न सकिन्छ । जहाँ पूर्वाधार निर्माणमा न्युनतम पनि सावधानी नअपनाएको देख्न सकिन्छ । विभिन्न बैज्ञानिक अध्ययनहरुलाई हेर्ने हो भने १९९० सालको जत्रै भूकम्प जाने हो भने काठमाडौँमा मात्रै झन्डै ४०,००० भन्दा बढी मानिसहरुको मृत्यु हुन सक्ने र ९५,००० को हाराहारीमा मानिस घाइते हुने र झन्डै ६,००,००० मानिस घरबारविहीन हुने आकलन गरिएको छ । यसै तथ्याङ्कलाई हेर्ने हो भने नि थाहा हुन्छ हामी अझै कहाँ छौ ??
घ. भूकम्पिय पुर्व तयारी कसरि गर्ने ?
हो हामी भूकम्पीय हिसाबले अती नै सम्बेदनशिल क्षेत्रमा छौं, यो भन्नु को अर्थ यो हैन कि हामीलाई भूकम्पबाट बच्न धेरै नै गार्हो छ ? भूकम्प जाँदा हामीलाई भूकम्पले भन्दा पनि हामीले बनाएका संरचनाले बढी नोक्सान पुराउने गर्दछन । र त्यसैको लागि पनि हामीले परिवार देखि समुदाय सम्म तयारी गर्नु पर्ने हुन्छ । जस्तो कि पूर्वतयारीको लागि पनि पारिवारिक विभिन्न संकटकालिन् योजनाहरु बनाउन सकिन्छ । व्यक्तिगत सुरक्षाकै निम्ति विभिन्न सावधानीका उपाए बारे विज्ञ मार्फत बुझ्न पनि सकिन्छ । आपत्कालीन् सामग्रीको छुट्टै समूह बनाएर राख्न पनि सकिन्छ । साथै आफ्नो घरको स्थितिको नियमित रुपमा विज्ञ मार्फत जाँचबुझ गरेर सुरक्षित छ या छैन त्यसबारेमा सचेत हुनु जरुरी देखिन्छ । त्यति मात्रै हैन आफ्नो घरबाहिर रहेको सुरक्षित् ठाउँको बेलैमा पहिचान गर्नुपर्ने जरुरी हुने गर्दछ । जस्तै: ठुला घरहरु, बिजुलीका तारहरु, अग्ला रुखहरु भएको ठाउँलाई पहिचान गर्नुपर्ने हुन्छ, जुन सुरक्षाको हिसाबले अतिनै जोखिम मानिने गरिन्छ । सहर बजार को केशमा भन्ने हो भने घरभित्र पानी, ग्याँस तथा बिद्युतको आपूर्तिका विभिन्न स्रोतहरुलाई कसरी आपत्कालीन् अवस्थामा बन्द गर्न सकिन्छ भन्ने कुरा सबै परिवारका सदस्यहरुले बेलैमा जान्नु र बुज्नु जरुरी हुन्छ । यसका साथै हामीले विभिन्न आपत्कालीन् उद्धारका लागि आवश्यक पर्ने निकाएहरुको सम्पर्क नंम्बर आफूसँग राख्न सक्छौं । साथै प्राथमिक उपचारका लागि अतिनै आवश्यक पर्ने सामानहरु तयारी अवस्थामा राख्नु जरुरी देखिन्छ ।
ङ. भूकम्प गईरहेको बेला के के गर्न सकिन्छ ??
सम्झिनुस यदि तपाई भूकम्प गईरहेको बेला घरभित्रै हुनुहुन्छ ??
यस्तो अवस्थामा यदि तपाईंको घर माटोको प्रयोग गरेर बनाउनु भएको छ भने त्यो बेला तपाईंको घर आगाडी रहेको सडक तपाईंको घरको ऊचाईं भन्दा फराकिलो छ भने मात्रै तपाईं घर बाहिर जान सक्नुहुन्छ ? यदि माथि भनिएको जस्तो अबस्था छैन भने घरभित्र नै बस्दा सुरक्षित हुन्छ । तथा पहिचान गरिएको सुरक्षित ठाउँतिर पनि बस्न सकिन्छ र शरिरका संबेदनशिल भाग जस्तै: टाउको जोगिने गरि सुरक्षीत बस्नु पर्ने हुन्छ । अझै सम्भव छ भने कुनै टेवलको तल बस्नु सुरक्षित हुन्छ । घरभित्रै रहेको अबस्थामा तपाई जस्तो झ्यालबाट र आफूमाथि खस्न सक्ने बस्तुबाट भने टाढा रहनुपर्ने हुन्छ । घर हल्लिएको अबस्थामा हतारिएर भर्याङबाट कहिल्लै तल झर्ने काम नगर्नुहोस, यदि तपाइको घर ईंटा वा ब्लकले बनेको छ भने माथि भनिएको जस्तै साबधानीका उपाए अपनाएर सुरक्षित रहन सकिन्छ । तथा यदि पिलर बाट बनेको घर छ र तपाई माथिल्लो तलामा हुनुहुन्छ भने माथिनै बस्नुपर्ने हुन्छ । त्यसका साथै पहिचान गरिएको सुरक्षित ठाउँमा पनि बस्न सक्नुहुनेछ ।

च. यदि भूकम्प गईरहेको बेलामा तपाईं घर बाहिर हुनुहुन्छ ?
घर बाहिर भएको अवस्थामा भने ठुला घरहरु, अग्ला पर्खालहरु, बिजुलीका तारहरु, रुख लगायत आफूमाथि खस्न सक्ने विभिन्न कुराबाट टाढा बस्नुपर्ने हुन्छ । घरबाहिर भएको बेलामा कदापी घरभित्र पस्नु राम्रो हुँदैन । सवारी भित्रै भएको खण्डमा भने साधन सुरक्षित ठाँउमा रोकेर बस्नुपर्ने हुन्छ । असुरक्षित ठाउँ जस्तै: पुल, अग्ला रुखहरु, अग्ला पर्खालहरु लगायत अन्य समान झर्ने संम्भावना भएका ठाँउमा सवारी नरोक्ने र सवारीको ढोका भने खुल्ला राख्नुपर्ने हुन्छ । तर भुकम्पकै बेला सवारी चलाउनु पर्ने अवस्था आएमा भने सडकमा भूकम्प बाट पर्ने चिराहरुको भने राम्रोसँग पहिचान गर्नु पर्ने हुन्छ । पहाड तिर भएको अवस्थामा भने चट्टानहरु खस्ने सम्भावना भएका ठाउँबाट टाढा जानुपर्दछ ।

छ. भूकम्प गएपछि के गर्ने के नगर्ने ??
भूकम्पको ठुलो धक्का गइसके पछि हामी हतारिनु त स्वभाविकै हो तर ठुला कम्पन भैसकेपछि साना धक्काहरु जाने क्रम चाहिँ निरन्तर लामो समय सम्म हुने गर्दछ । त्यसैले पनि भूकम्प पछि आफू र आफ्ना परिवारका सदस्यहरु पहिचान गरिएको सुरक्षित ठाउँमा जानु पर्दछ । त्यसका साथ- साथै घरभित्र रहेका विभिन्न संम्बेदनशिल सामाग्रीहरु (जस्तै: ग्याँस सिलिन्डर, पट्रोल लगायत अन्य)को राम्रो सँग पहिचान गरेर मात्रै प्रयोग गर्नु पर्दछ । र आफु सुरक्षित भएको महशुस भैसकेपछि अन्य मानिस र पशुचौपायाहरुको उद्धारका निम्ति खटिनु पर्दछ । उद्धार गर्ने बेलामा फुटेको ऐना जस्तै बिझ्न सक्ने बस्तु बाट बच्न बाक्लो जुत्ता लगाउनु राम्रो हुन्छ ।
भूकम्प गैसकेपछि कुनै प्राविधिक जाँच बिना घरभित्र पस्नु हुँदैन । सिसाजन्य सामग्रीहरु फुटेको नजिकै रहेका खुल्ला भाडामा पानी पिउनु हुँदैन । अत्ति प्रज्वलनसील पदार्थ लिक भएको छ या छैन त्यो थाहा नहुन्जेल सलाई, लाइटर, स्टोभ लगायत बिद्युतिय सामग्री उपयोग नगर्ने र त्यस्तो ठाउँमा केटाकेटिहरु लाई जान दिनु हुँदैन । अर्को कुरा यदि घरभित्र नै थुनिनु भयो भने त्यस्तो बेलामा नआत्तिनुहोस् र आफु बच्नेछु भन्ने कुरामा विश्वाश गर्नुहोस् । र उद्धार टोलि आएको जस्तो थाहा भएपछि मात्रै चिच्याउने वा सिठी बजाउने गर्नुपर्दछ ।
ज. घर भित्र र बाहिरका सामानहरु लाई कसरि सुरक्षित राख्ने ?
घरभित्र र बाहिर हामीले राखिने सामग्रीहरु पनि हाम्रा चोटपटकका कारक हुन् । त्यसैले पनि हामीले सामानहरुको सुक्षित व्यस्थापन गर्नु जरुरी हुन्छ। जस्तै: हामीले राख्ने गमलाहरु घरको टपबाट हटाउनु पर्छ । ऐना लगायत सिसाजन्य सामाग्रीहरु बिस्ताराबाट टाढा राख्नु पर्दछ । ग्याँस पाईप, बिद्युतिय तारहरुको समयान्तरमा मर्मत गरिरहनु पर्दछ । ठुला फर्निचर, पुस्तक दराज लाई बलियो बनाएर किला ठोकेर जडान गर्नुपर्दछ । पंखा लगायत सामग्रीलाई राम्रोसँग फिक्स गरेर राख्नुपर्दछ । साथै किटनाषक औषधि, पेट्रोल लगायत ज्वलन्शिल पदार्थलाई तापको स्रोत बाट टाढा राख्नुपर्दछ ।
झ. सुरक्षित संरचना निर्माण स्थलबारे न्युनतम के के कुरामा बिचार गर्नु पर्दछ ??
कुनै पनि संरचना निर्माणमा संरचना निर्माण गरिने जमिनको पहिचान गर्नु महत्त्वपुर्ण हुने गर्दछ । जस्तै सम्भावित पहिरोले पुर्न सक्ने, जग भासिन सक्ने जस्ता प्राकृर्तिक बिपद्बाट सुरक्षित ठहरिन सक्ने स्थललाई मात्रै भवन निर्माण स्थलको रुपमा छान्नु पहिलो कुरा हो । अन्य कुराहरु हेर्ने हो भने जस्तै भौगर्भिक चिराहरु रहेका ठाउँहरु जहाँ नियालेर हेर्दा चिरा रहेको देखिने ठाउँको ५०० मीटर वरिपरी घर बनाउनु सुरक्षित मानिदैन तर त्स्यस्तो ठाउँमा सामान्य अस्थायी किसिमका घरहरु बनाउन भने सकिन्छ। पहाडी इलाकाको सबैभन्दा ठुलो समस्या भुकम्पपछि जाने पहिराहरू जहाँ जमिनको भित्रि बनोट र बाहिरी स्वरूपमा फरक पाईन्छ । त्यस्ता ठाउँको बेलैमा पहिचान राम्रोसंग गर्नु पर्दछ । कतिपए पहाडी भिराला जमिनहरुमा सानो कम्पनमै झर्न सक्ने ढुंगा हुने गर्दछन । त्यस्तो ठाँउको पहिचान राम्रोसँग गरिनु पर्दछ । साथै दलदल, पानी जम्ने क्षेत्र, पुरुवा माटोको ठाउँ लगायतका कुराको राम्रोसंग पहिचान गर्नुपर्दछ ।
Your Opnion