बागमती प्रदेश इञ्जिनीयर्स एशोसियशनमा लोकतान्त्रिक समूह विजयी - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

बागमती प्रदेश इञ्जिनीयर्स एशोसियशनमा लोकतान्त्रिक समूह विजयी

काठमाडौँ-    नेपाल इञ्जिनीयर्स एशोसियशन बागमती प्रदेशमा सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपाल (सिडेन) को समूह विजयी भएको छ । बागमती प्रदेशका तीन स्थानमा मतदान केन्द्र राखी भएको निर्वाचनको मतगणना मङ्गलबार राति सकिएको थियो ।

मतपरिणाम अनुसार प्रदेश सभापति पदमा लोकतान्त्रिक समूहका रोहिणी पौडेल विजयी भएको प्रदेश निर्वाचन समिति संयोजक कमल कार्कीले जानकारी दिएका छन् । प्रदेश समितिका पदाधिकारी र सदस्यमा पनि सबै लोकतान्त्रिक समूहबाट नै विजयी भएका छन् । उपसभापतिमा सुरेन्द्र केसी, सचिवमा दिनेश न्यौपाने, सहसचिवमा डा. विजय थापा, कोषाध्यक्षमा विपीन भुसाल विजयी भएका छन् । सदस्यहरुमा ओशन थापा मगर, प्रमोद महत, प्रह्लाद बस्नेत, रोहित पौडेल, चिरञ्जीवी खतिवडा, वृजेश सिंह, गौरव पौडेल, दिराज थापा, राकेश भट्टराई र प्रवीण छेत्री विजयी भएका छन् ।

निकटतम् प्रतिद्वन्द्वीमा (नेकपा समाजवादी) निकटलगायत गठबन्धनको प्रगतिशील इञ्जिनीयर्स एशोसियशनका विनोद सापकोटाको समूह आएको निर्वाचन समिति संयोजक कार्कीले बताए । सबै पदाधिकारी र सदस्यको तीनै वटा मत गणनास्थलबाट प्राप्त मत जोडेर आज निर्वाचन परिणाम घोषणा गर्ने तयारी भएको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

रासस

Your Opnion

//