मधेस प्रदेशले (ने. इ. ए.)को  मतगणनाको मतपत्र छानबिनको माग राख्दै उजुरी दर्ता - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

मधेस प्रदेशले (ने. इ. ए.)को  मतगणनाको मतपत्र छानबिनको माग राख्दै उजुरी दर्ता

  • एस. के. थापाMarch 16, 2022

काठमाडौं-     नेपाल इन्जिनियर्स एशोसिएसनको २७ फागुन २०७८ शुक्रबार भएको निर्वाचनको मतगणना कार्य जारी भैरहेकोमा मधेस प्रदेशमा मतगणनाको क्रममा ७५ भन्दा बढी मत शङ्कास्पद रहेको जनाउँदै छानबिन गर्न माग राख्दै धनुषा प्रशासन कार्यालयमा मिति २०७८।१२।०१ मा अध्यक्षको प्रत्याशी रहेका ई. गौरी पण्डितसहित उनको प्यानलले उजुरी दर्ता गराएका छन् ।

हाल मधेस प्रदेश बाहेक अन्य पाँच प्रदेशमा काँग्रेस निकट इन्जिनियरहरूको संस्था सिडेन(CDEN) विजयी भएको समाचार छ। सो निर्वाचनमा ई. पण्डितको प्यानलले स्वतन्त्र उम्मेदवारी दिएको थियो। असन्तुष्ट समूहले मतगणना स्थलमा ताला लगाउँदै भनेका थिए, हाम्रो पुरै प्यानलले अग्रता लिइरहेको थियो तर पछि गएर सिडेनले फर्जी मतहरू प्रयोग गरेको  पाएकाले आफूहरुले उजुरी दर्ता गर्नुपरेको समेत बताएका छन् ।

साथै शंकास्पद मतपत्रको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याएपछि मात्रै मत गणना गर्न दिने निवदेक पक्षले माग राखेको छ।

Your Opnion

//