जिल्लाकै उत्कृष्ट नगरपालिका घोषित सर्लाहीको हरिवन नगरपालिका सम्मानित - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

जिल्लाकै उत्कृष्ट नगरपालिका घोषित सर्लाहीको हरिवन नगरपालिका सम्मानित

काठमाण्डौ :- सर्लाहीको हरिवन नगरपालिका यस वर्षको जिल्लाकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नगर विकास कोषले आफ्नो ३४औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट नगरपालिकाको रुपमा छनौट गर्दै सम्मान गरेको हो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेललाई उक्त कोषको लगानीमा निर्माण गरिएका आयोजनामध्ये उक्त नगरपालिकाले सफल कार्यान्वयन तथा व्यवस्थापन गरेको भन्दै कदरपत्र गरेकिथिइन । उक्त कोषको लगानीमा हरिवन नगरपालिका–११ को बजारमा सुविधा सम्पन्न व्यावसायिक भवन निर्माण गर्नाका साथै अन्य योजना पनि सञ्चालनमा रहेका नगरप्रमुख गणेशप्रसाद प्रसाईंले जानकारी दिए ।

यसअघि उक्त कोषको ३३औँ वार्षिकोत्सवमा लालबन्दी नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित भएको थियो । कोषले लगानी गरेका योजनाको अनुगमन गरी सफल कार्यक्रम सञ्चालन गरिएका आधारमा मूल्याङकन गरी उत्कृष्ट घोषणा गर्दै आएको छ ।

Your Opnion

//