काठमाडौं- ‘ आँगन छोडेपछि ’ आप्रवासी नेपाली इन्जिनियरहरुका सपना र संघर्षका कथा एक कार्यक्रमका बीच बिमोचन सम्पन्न भएको छ ।
पुस्तकमा विश्वभरिका विभिन्न देशमा बसेर , इन्जिनियारिंग पेशा संग सम्बन्धित १७ जना इन्जिनियरहरुको बिदेशी भूमिमा गरेको संघर्षको स्मरण लेखिएको छ। उक्त पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको छ। बिमोचन कार्यक्रममा लेखक र इन्जिनियर खड्गसेन वली र समालोचक राजकुमार बानियाले पुस्तकमाथि टिप्पणी गर्नु भएको थियो।
नियात्राकार जीबा लामिछाने र गोविन्द प्रसाद गौतमले लेखकीय अनुभव साझा गर्नु भएको थियो। सो अवसरमा पुस्तकका दुइ लेखक मध्ये एक सम्पादक केशवराज ज्ञवालीले सम्पादनको आफ्नो अनुभव सुनाउनु भएको थियो।
कार्यक्रम शिखा प्रकाशनका पुष्पराज पौडेलको सभापतित्वमा भएको थियो । कार्यक्रम इन्जिनियरिंग साहित्य समाज (इन्सास) को आयोजनामा भएको थियो।
Your Opnion