काठमाडौँको कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा अनलाइन मार्फत जुवा खेलाउने गिरोह प्रहरी फन्दामा - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

काठमाडौँको कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा अनलाइन मार्फत जुवा खेलाउने गिरोह प्रहरी फन्दामा

काठमाडौँको कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा सम्पत्ति हारजित हुनेगरी अनलाइन मार्फत जुवा खेलाउने गरेको एउटा गिरोह प्रहरीको फन्दामा परेको छ । प्रहरीले उक्त गिरोहका १२ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिका–६ चोभारबाट अनलाइन मार्फत जुवा खेलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर–६ चोभारका सुजेन्द्र थापा, सोही ठाउँका मनिष थापा, समीर थापा, कविता थापा, रविन खड्का, कीर्तिपुरकै बुद्ध महर्जन, रोजा महर्जन, साहिल महर्जन, हनिशा महर्जन, प्रदीपमान सिंह बस्नेत र रमादेवि श्रेष्ठ छन् ।

उनीहरुको साथबाट १७ थान मोबाइल, १४ थान ल्यापटपलगायत सामग्री बरामद गरिएको महाशाखाले जनाएको छ । पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएको छ । सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले आवश्यक व्यवस्था गरी तीन घरमा २४सै घण्टा अनलाइन मार्फत जुवा खेलाउन कर्मचारीसमेत राखेको खुलेको छ ।

यसरी खटिएका कर्मचारीले फेसबुकमार्फत अमेरिका तथा युरोपका विभिन्न देशका नागरिकलाई साथी बनाई विभिन्न खेलमा अमेरिकन डलर लोड गर्न लगाई खेल खेल्न लगाउने तथा जित्ने पक्षलाई तोकिएको धनरासीसमेत पुरस्कारका रुपमा दिने गरेको पाइएको छ । सोधपुछका क्रममा १० महिना अगाडिदेखि महिनाको करिब एक लाख अमेरिकी डलर रकम हारजित हुने गरी अनलाइनमार्फत् जुवा खेलाउने गरेको पाइएको छ ।

रासस

Your Opnion

//