एड्भान्सड कलेज अफ इञ्जिनीयरिङ एण्ड म्यानेजमेन्ट र गोथे जेन्ट्रम काठमाडौँ बीच इञ्जिनीयरिङ, प्रविधि र भाषाबारे सहकार्य गर्न सम्झौता - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

एड्भान्सड कलेज अफ इञ्जिनीयरिङ एण्ड म्यानेजमेन्ट र गोथे जेन्ट्रम काठमाडौँ बीच इञ्जिनीयरिङ, प्रविधि र भाषाबारे सहकार्य गर्न सम्झौता

काठमाण्डौ : एड्भान्सड कलेज अफ इञ्जिनीयरिङ एण्ड म्यानेजमेन्ट र गोथे जेन्ट्रम काठमाडौँ’बीच इञ्जिनीयरिङ, प्रविधि र जर्मन भाषाका माध्यमबाट संयुक्त शैक्षिक सम्बन्ध प्रवद्र्धनका विषयमा सम्झौता भएकोछ ।

अन्तरसञ्जाल सम्मेलनमार्फत आज आयोजित कार्यक्रमकाबीच एड्भान्सड कलेजकातर्फ बाट कार्यकारी निर्देशक कपिलदेव रेग्मी तथा गोथे जेन्ट्रम काठमाडौँका तर्फबाट निर्देशक सेवास्टेन वइट्स्चले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेकाहुन । वइट्स्चले इञ्जिनीयरिङ क्षेत्रमा शैक्षिक प्रशिक्षण प्रदान गर्ने कार्यमा एड्भान्स्ड कलेजले सही मार्ग अवलम्बन गरिरहेको बताए ।

गोथे जेन्ट्रम काठमाडौँका भाषा विभाग प्रमुख बेञ्जामिन म्याटेर्नले कलात्मक शैलीमा विद्यार्थीको भाषिक सिकाइ क्षमता अभिवृद्धि गरी उनीहरूको सशक्तीकरण गरिने जनाएकाछन । एड्भान्सड कलेजका कार्यकारी निर्देशक रेग्मीले सो सहकार्यबाट एड्भान्सड कलेजका विद्यार्थीको वैदेशिक शिक्षाको छनोटको क्षितिज अझ फराकिलो हुने बताए ।

Your Opnion

//