छ महिनामा १० अर्ब राजस्व सङ्कलन - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

छ महिनामा १० अर्ब राजस्व सङ्कलन

काठमाडौं-     चितवन, आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा दुई प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महिनामा रु ९ अर्ब ८४ करोड ८३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको हो । विभागले तोकेको रु नौ अर्ब ६५ करोड ५५ लाख १२ हजार लक्ष्यमा कार्यालयले रु १९ करोड २८ लाख ५५ हजार बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी हरि ढकालका अनुसार अन्त:शुल्कमा रु सात अर्ब ४८ करोड ६२ लाख ७५ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब आठ करोड छ लाख ५० हजार, आयकरतर्फ रु ९० करोड चार लाख ६२ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै ब्याज करमा रु १५ करोड नौ लाख २६ हजार, वहाल करतर्फ रु तीन करोड २८ लाख पाँच हजार, स्वास्थ्य सेवा करतर्फ रु १९ लाख तीन हजार र शिक्षा सेवा शुल्कमा रु २४ लाख ९१ हजार सङ्कलन भएको छ । ढकालका अनुसार विभागले चालू आर्थिक वर्षमा रु २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार राजस्व सङ्कलन् गर्ने लक्ष्य तोकेको थियो ।अघिल्लो आर्थिक वर्षको पुससम्म कार्यालयले रु सात अर्ब ५१ करोड १६ लाख १९ हजार राजस्व सङ्कलन गरेको थियो ।

 

रासस

Your Opnion

//