कहाँ चुक्यो NEA ?? - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

कहाँ चुक्यो NEA ??

  • ई. यमकृष्ण पौडेल ( पिएचडी स्कलर ) / ई. भुवन भट्टJanuary 18, 2022

काठमाडौं-       कोरोना कहरका बीच नेपालमा चूनावी माहोल निकै तात्यो । नेपाली राजनितीमा स्थापित मूख्य पार्टीहरु नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र) र राप्रपा नेपाल, तीनका भातृसंघ तथा शुभेच्छुक संस्थाहरुले चूनाव गरेर नेतृत्व अनुमोदित गरिसके तथापि विकास र प्रविधिको सारथी ईन्जिनियरहरुको साझा संस्था(NEA)ले आफ्नो नेतृत्व चुन्न सकिरहेको छैन । पहिलोपटक २०७७ चैत्र २० गते घोषणा गरेको चूनाव पाँचौ पटक २०७८ माघ ७ सम्मको मितिसम्म आइपुग्दा यो वा त्यो बहाना देखाउँदै पाँचौपटक घोषणा गरिएको NEA को चूनाव सरीरहँदा आममानिसहरुमा इन्जिनियरहरुको संस्थाप्रतिको धारणा परिवर्तन भएको आभास देखिन थालेको छ ।

आममानिसमा ईन्जिनियर समुदायमा समयको महत्व बुझ्नसक्ने, आफ्नो पेशागत नैतिक धरातलमा अडिग रहने र कठिन परिस्थितिमा पनि सहज प्राविधिक समाधान निकाल्न सक्ने खुवी हुन्छ भन्ने धारण थियो । प्रविधीको उच्चतम प्रयोगगरी अरुलाई उदाहरण प्रस्तुत गर्नुपर्ने ठाउँमा आज नेइए निर्वाचन समिति कोरोना कहर देखाउँदै ३३ औं कार्याकारिणी समितिको चूनाव पछाडी धकेलीरहेको छ । जानकारहरुका अनुसार कोरोना कहर वर्तमान नेइए कार्यासमितिलाई देखाउने हात्तीको दाँत भएको र चूनाव सार्नूको भित्री उद्देश्य फरक रहेको बताउँछन् ।

इतिहाँस हेर्ने हो भने वि.सं. २०१८ सालमा स्थापना भएको इन्जिनियरहरुको साझा संस्थामा हाल नेपालमा र बाहिर रहि अध्ययन गरेका लगभग ३७ हजार इन्जिनियरहरु आवद्ध रहेको तथ्यांकले देखाउँछ । तथापि नेपाल इन्जिनियरिङ्ग परिषदमा दोब्बर संख्यामा करिव ७३ हजार इन्जिनियरहरु दर्ता भएका छन् । स्वइच्छाले सदस्य हुने प्रावधान भएको भएर हुनसक्छ वा अन्य कुनै खास उपयोगीता नदेखेर पनि सबै इन्जिनियरहरु नेइएमा दर्ता हुन सकिरहेका छैनन् ।

इन्जिनियरहरुको हकहित, पेशागत अधिकारको सुरक्षा, सवलिकरण र अन्तराष्ट्र्रियस्तरमा समन्वय गर्ने मूख्य उद्देश्यले स्थापना भएको नेपाल इन्जिनियरिङ्ग एशोसिएसन आज विभिन्न पार्टीको कठपुतली भई आफ्नो मूख्य उद्देश्यबाट विमूख भएको देखिन्छ । इन्जिनियरिङ्ग हकहित र अधिकारका कुरा गर्दैगर्दा इन्जिनियरहरु आफ्नो कार्याक्षेत्रमा अपमानित भएर लखेटिनु, दिनदहाडै उच्छृखल तत्वहरुबाट असुरिक्षत हुनु , पेशागत प्राविधिक दायित्व बहन गर्दैगर्दा विनाकारण झूट्टा मुद्दा लगाइ हिराशतमा राखिनु, हाइड्र्रोपावर र खानेपानीको संरचना निर्माणका क्रममा मृत्यूवरण हुनु जस्ता सम्वेदनशिल घटनामा पनि आज NEA मुखदर्शक र निरिह रहनु आम इन्जिनियरहरुका लागि लज्जास्पद कुरा हो । चूनावका वेला अतिरञ्जित, सस्ता र प्रचारात्मक नारा घन्काउने तर विजय प्राप्त गरिसकेपछि व्यक्तिगत स्वार्थमा हावी हदै इन्जिनियरहरुको हकहित र पेशागत अधिकारको सूरक्षाको विषयमा कानमा तेल हालेर बस्ने परम्पराको विकास हुँदै आएको छ ।

इन्जिनियरहरुका लागि खोलिएको संस्था इन्जिनियरको लागि काम नगरी अरु विषयतिर केन्द्रित रहँदा आज नेपाल इन्जिनियरिङ्ग एशोसिएसनको औचित्य र आवश्यकता माथि ठूलो प्रश्नचिन्ह खडा भएको छ । इतिहाँस हेर्ने हो भने नेइएको ३२ औं कार्याकारीणी समिति सम्म आईपुग्दा २४ औं सम्म सर्वसम्मत र २४ औं पछाडीबाट विभिन्न समूहका प्यानल खडा गरी चूनावी प्रतिस्पर्धा भएको देखिन्छ । विगतको नतिजा हेर्दा नेपाली कांगे्रस समर्थित लोकतान्त्रिक समूहका उम्मेद्धारहरु(CDEN) नेतृत्वमा प्राय विजय भएको देखिन्छ । विधानत: नेपाल इन्जिनियरिङ्ग एशोसिएसनको कार्यकाल दुई वर्ष हुने गरेकोमा यो पटक कम्यूनिष्ट पार्टी निकट मानिने तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त समूह (PEAN ) ले नेतृत्व गरेको समितिले ३ वर्ष पुगिसक्दा पनि ३३ औं कार्याकारीणी समितिका लागि निर्वाचन गराउन सकिरहेको देखिदैन ।

नेपाल कम्यूनिष्ट पार्टी अन्तरद्धन्द र कलहमा फसी विभाजित भएका कारण नेइएको चूनावमा लजास्पद हार व्यहोर्नुपर्ने डरले वर्तमान नेइए कार्यासमिति चूनावलाई पछाडी धकेलीरहेको सहजै आकलन गर्न सकिन्छ । नेतृत्वमा पुगेपछी व्यक्तिगत स्वार्थमा लिप्त भइ लिसो झैं टाँसिएर आफ्नो विजयको वातावरण नबनेसम्म विभिन्न हत्कण्डा अपनाई चूनाव सार्ने वर्तमान नेइए कार्याकारीणी समितिको रणनीतिको व्यापक विरोध हुनु जरुरी छ ।

नेतृत्वको असल मनसाय र चूनाव गर्ने मूख्य ध्येय हुन्थ्यो भने विभिन्न वैकल्पिक मोडेलमा छलफल गरी सहज र सरल निकास दिन सकिन्थ्यो । एक्काइसौं सताव्दीमा सूचना र प्रविधिको उच्चतम विकास र प्रयोग भएको वर्तमान परिप्रेक्ष्यमा ई- भोटिङ्गको प्रयोग नगरिनु र वारम्वार चूनाव सारिनु समग्र इन्जिनियरिङ्ग समूदायको लागि लज्जास्पद विषय हो । विज्ञान र प्रविधिको विकासमाथि विस्वास गर्न नसक्दा आज NEA आफ्रनो मूल्यमान्यता र सिद्धान्दलाई सतिसाल राख्नबाट चुकेको छ । आममानिसहरुको इन्जिनियर समुदायप्रति हेर्ने दृष्टिकोण परिवर्तन हुने वातावरण सिर्जित हुनु वर्तमान नेइए नेतृत्वमाथिको ठूलो प्रश्नचिन्ह हो  ।

नेपाल इन्जिनियरिङ्ग एशोसिएसनको मान-मर्यादालाई जिवन्त राख्न सम्पूर्ण इन्जिनियरहरु एकजुट भई नेतृत्वको गलत मनसायको भण्डाफोर गर्दै लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन मार्फत नयाँ नेतृत्व अनुमोदन गरी चुस्तदुरुस्त NEA निमार्णका लागि खवरदारी गर्नुपर्ने आजको अपरिहार्य आवश्यकता हो ।

Your Opnion

//