फुर्वालाखाङग गुम्बा बन्दै - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

फुर्वालाखाङग गुम्बा बन्दै

काठमाडौं-   दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा नगरपालिकाकै ठूलो फुर्वालाखाङग गुम्बा निर्माण सुरु भएको छ । विसं २०७२ मा गएको गोर्खा भूकम्पले भत्केको मकैबारीस्थित लामाटोलमा रहेको सयौंवर्ष पुरानो फुर्वालाखाङ गुम्बाको पुन: निर्माण सुरु गरिएको हो । पर्यटन विकास आयोजना वाग्मती प्रदेश सरकारको रु दुई करोड ६५ लाखको लगानीमा पक्की गुम्बा निर्माण गर्न लागिएको हो ।

नगरपालिकाकै सभ्यतासँग जोडिएको फुर्वालाखाङग गुम्बा १८ महिनामा सम्पन्न गरी सक्ने लक्ष्य छ । अठार महिनामा काम सम्पन्न गर्ने गरी तिरुपाते निर्माण कम्पनीले निमाणको जिम्मा पाएकामा १४ महिनाभित्रै निर्माण सम्पन्न गरी हस्ताणरण गरिने कम्पनीका प्रोपाइटर सुदम कार्कीले बताए ।

गोर्खा भूकम्पले ढलेको सयौँ वर्ष पुरानो गुम्बा लगानी अभावको कारण पुन:निर्माण हुनसकेको थिएन । नगरपालिकाको समन्वयमा निर्माण गरिन लागेको उक्त भवन ऐतिहासिक सम्पदा रहेको र त्यसको समयमानै पुन:निर्माण गर्नको लागि प्रत्यक्ष रुपमा निगरानी गरिने नगर प्रमुख भरत केसीले बताए । गुम्बा सयौं वर्ष पहिलेदेखि भए पनि २५ वर्षअघि मात्र दर्ता गरिएको थियो ।

पुन:निर्माण प्राधिकरणका अनुसार भूकम्पले भत्केका गुम्बा पुन:निर्माण गर्नका लागि दर्ता भएको एक सयवर्ष पूरा भएको हुनुपर्ने भएका कारण निर्माण हुनसकेको थिएन । सयौँ वर्ष पुरानो भए पनि पुन:निर्माण प्राधिकरण अन्तर्गत गुुम्बा निर्माण हुन नसकेपछि नगरपालिकाको समन्वयमा पर्यटन विकास आयोजनाले रु दुई करोड ६५ लाख रकम विनियोजन गरेको थियो ।

वौद्ध धर्मलम्वीको आस्थाको प्रतिक गुम्बा निर्माण हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । नगरपालिका विभिन्न वडाका भक्तजनले पूजा गर्दै आएको धेरै पुरानो गुम्बा कागजी प्रकिया नमिलेका कारण पुन :निर्माण हुनबाट वञ्चित बनेसँगै गुम्बा निर्माण हुने भएपछि स्थानीयवासी हर्षित भएको स्थानीयवासी विनोद तामाङले बताए ।

 

रासस

Your Opnion

//