सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाका कारण बेनी बजारमा विभिन्न किसिमको समस्या - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाका कारण बेनी बजारमा विभिन्न किसिमको समस्या

काठमाण्डौ : – म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारमा सडक अतिक्रमण भएको छ । सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाका कारण बजारमा विभिन्न किसिमको समस्या भएको छ ।

सडक अतिक्रमण गर्दा आवतजावत गर्न, सवारीसाधन दुर्घटना तथा बजारको सौन्दर्यमा असर परेको छ । जताततै होडिङबोर्ड, पेटीमा सामान राख्ने, सडकमा निर्माण सामग्री थुपार्ने तथा जस्तापाताको छाप्रो बनाएर सडक अतिक्रमण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र नेपालीले जानकारी दिए ।

“साँघुरो सडक अतिक्रमण गरी बनाइएका संरचनाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ”, उनले भने , “त्यस्ता संरचना हटाउनका लागि सहजीकरण गरिदिन बेनी नगरपालिकालाई पत्राचार गरेका छौँ ।” बेनीबजार बेनी नगरपालिका–७ र ८ मा पर्छ । न्यूरोड, गणतान्त्रिक चोक, हुलाक चोक, क्याम्पस चोक, अस्पताल चोक, गणेश टोल, सङ्गम चोक र बालमन्दिर चोक क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउनुपर्ने देखिएको छ ।

घर बाहिर बनाइएका अस्थायी छाप्रा र होडिङ बोर्डले सडक साँघुरिएको छ । पैदलयात्रु सडकबाटै हिँड्नुपर्दा दुर्घटनाको जोखिम बढेको नेपालीले बताए । बेनी नगरपालिकाका पदाधिकारी, प्रशासन, सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घ र ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिबीच मङ्गलबार बेनीमा अतिक्रमण हटाउनेबारे छलफल भएको छ । त्यस्ता संरचना १५ दिनभित्र हटाउन समय दिइएको छ ।

नगरप्रमुख हरिकुमार श्रेष्ठले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन आजदेखि लागू हुने गरी १५ दिनको समय दिएको बताए । “बेनी बजारलाई सुन्दर बनाउने अभियान छ”, उनले भने , “होडिङ बोर्ड नगरपालिका र सुरक्षा निकाय मिलेर हटाउने निर्णय भएको छ ।”

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सरोकारवालाको निर्णय बेनी बजारका व्यवसायीले कार्यान्वयन नगरेमा सुरक्षा निकाय बल प्रयोग गर्न बाध्य हुने बताए । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बजारका सार्वजनिकस्थलका अस्थायी छाप्रा हटाएर पार्किङ व्यवस्थित गरिने बताए । बेनीमा ट्राफिक व्यवस्थापनका लागि एकतर्फी पार्किङ, कालीगण्डकी र म्याग्दी नदी किनारका वैकल्पिक सडक सञ्चालन, खुला ठाउँमा पार्किङस्थल निर्माण र बहुउद्देश्यीय खेलमैदानमा बसपार्क सञ्चालन गरिएको थियो ।

रासस

 

Your Opnion

//