ई. चौरासिया निशर्त रिहा नभएसम्म कुमारी बैंकको मूल्यांकन कार्य बन्द राखिने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ई. चौरासिया निशर्त रिहा नभएसम्म कुमारी बैंकको मूल्यांकन कार्य बन्द राखिने

  • एस. के. थापाNovember 28, 2021

काठमाडौं-  नेपाल भ्यालुयर्स एसोसिएशनले कुमारी बैंक प्रकरणमा अनावश्यक रुपमा दु:ख दिने नियतले अन्यायपूर्ण ढंगले मूल्यांकनकर्तालाई थुनामा राखेको  विरोधमा Nepal Valuer’s Association बाट घोषित पहिलो चरणका विरोध तथा धर्नाका कार्यक्रमहरु पूर्णरुपमा सफल भएको बताएको छ ।

विगतमा पनि यस्ता खालका गतिविधि बैंंक तथा वित्तिय संस्थामा पटक पटक हुने गरेको तथा यसपटक थुनामा रहेका विरगंज च्याप्टरका सदस्य श्री डाइनामिक कन्सल्टेन्सी एण्ड कन्ट्र्रक्सन सर्भिसेजका प्रोप्राइटर मूल्यांकनकर्ता ई. राजेश चौरासियालाई निशर्त रिहा तथा नेपाल राष्ट्र्र बैंक / नेपाल सरकारबाट मूल्यांंकन कार्यविधि लगायत अन्य माग राखि आन्दोलन रुवरुप सबै बैक तथा वित्तिय संस्थामा मूल्यांकन सम्वन्धि सम्पूर्ण कार्य मिति २०७८/०७/२४ देखि बन्द गरिएको थियो ।

नेपाल भ्यालुयर्स एसोसिएशनले अर्थ मन्त्रालयबाट मिति २०७८/०८/०९ मा कार्यविधि निर्माण गरी लागु गर्न नेपाल राष्ट्र्र बैंकमा पत्राचार समेत भैसकेको कुराको जानकारी गराएको छ । उक्त समयावधिमा पनि कार्यविधि लागु नभएमा सबै सरोकारवालालाई पुन: जानकारी गराई यस अघिको भन्दा अझ ससक्त रुपमा विरोधका कार्यक्रम गर्न आफ्नो संस्था बाध्य हुने नेपाल भ्यालुयर्स एसोसिएशनले आफ्नो विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

साथै ई. राजेश चौरासियालाई निशर्त रिहा नगरेसम्म विरोध स्वरुप कुमारी बैंकको मूल्यांकन कार्य नगरिने (बन्द राखिने ) पनि बताइएको छ । तथा सर्व साधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर सो अवधि भर बांकि बैंक तथा वित्तिय संस्थाहरुको मूल्यांकन गर्ने कार्य सुचारु गरिने बताइएको छ ।

Your Opnion

//