जर्मनी नागरिकको सहयोगमा जर्मनकै इञ्जिनीयर टोली द्वारा अस्पताल निर्माण हुने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

जर्मनी नागरिकको सहयोगमा जर्मनकै इञ्जिनीयर टोली द्वारा अस्पताल निर्माण हुने

काठमाडौँ – दोलखाको विगु गाउँपालिका–५ चिलखाको लोटिङमा सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको छ ।

हेल्थ नेपाल नामक संस्थामार्फत जर्मनी नागरिक र स्वास्थ्यकर्मीहरुको टोलीबाट अस्पताल निर्माणका लागि आर्थिक सहयोग जुट्ने बताइएको छ । अस्पताल चत्रलेश्वरी सामुदायिक स्वस्थ्य केन्द्र मातहत सञ्चालन हुने केन्द्रका अध्यक्ष प्रवीण खड्काले जानकारी दिए । उनका अनुसार उक्त भवनमा विभिन्न सुविधासम्पन्न मेसिन औजारहरु हुनाका साथै २१ कोठाको भवन हुनेछ । यो भवनको डिजाइन जर्मनका इञ्जिनीयर टोलीले नै गर्ने उनले बताए । भवन निर्माणका लागि रु तीन करोड ८७ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

हाल जर्मनमा बस्दै आएका छिरिङ शेर्पा र उनकी श्रीमती जर्मनी नागरिक चिकित्सक सोफिया तथा चिकित्सक क्लाउसको अग्रसरतामा उक्त भवन निर्माण गरिने केन्द्रका अध्यक्ष खड्काले बताए । उनका अनुसार अस्पतालका लागि आवश्यक पर्ने करिब साढे ६ रोपनी जग्गा उक्त संस्थाको नाममा ल्याइने छ । यसका लागि दुई रोपनी इको हिमाल र आधा रापनी जेनी खड्कले दान दिएको उनले बताए ।

बाँकी जग्गा २९ जना दाताबाट सङ्कलन गरिएको रकमबाट स्थानीय व्यक्तिहरुसँग खरिद गरिएको अध्यक्ष खड्काको भनाइ छ । अस्पताल निर्माण भएपछि जिल्लाका उत्तरी क्षेत्रका विगु गाउँपालिकाको वडा नं ५, ६, ७, ८ का १० हजारभन्दा बढी जनसङ्ख्या लाभान्वित हुने गाउँ पालिकाको स्वास्थ्य संयोजक ईश्वर खड्काले बताए । जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले जिल्लाको निकै विकट क्षेत्रमा यस प्रकारको अस्पताल निर्माण हुनु भनेको स्थानीय जनताका लागि निकै ठूलो र खुसीको विषय भएको बताए ।

“अस्पतालको निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोगमा हातेमालो गर्नु स्थानीय सरकारको गहन जिम्मेवारी र दायित्व हो”, उनले भने , “स्थानीयस्तरमा यस प्रकारको अस्पताल तथा स्वस्थ्य क्षेत्रको विकास हुँदै जाँदा मात्रै आफ्नो सरकार घरदैलोमा आएको स्थानीयवासीमा भान हुन्छ । ” सदरमुकाम चरिकोटबाट ४४ किलोमिटर उत्तरतर्फ सो अस्पताल निर्माण हुने बताइएको छ ।

रासस

Your Opnion

//