राष्ट्रपति भण्डारी : लुम्बिनीको विकासलाई प्राथमिकतामा राखौँ - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

राष्ट्रपति भण्डारी : लुम्बिनीको विकासलाई प्राथमिकतामा राखौँ

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएको छ ।

उनले भने , “गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि जनतालाई समर्थनमा लिएर काम गर्नुपर्ने हुन्छ । जनताको खुसी नै हाम्रो खुसी हो ।”

आज लुम्बिनी पुग्नुभएको राष्ट्रपति भण्डारीले बज्रयान महाविहार तथा नेपाल मण्डला स्वागतद्वारको शुभारम्भ गर्दै भने , “गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको सन्देश चारैतिर फैलिएको छ, यो विश्वप्रसिद्ध स्थल हो, नेपालमा गौतमबुद्धको जन्म भएको हो, बुद्धले लामो तपस्यापछि जुन ज्ञान प्राप्त गर्नुभयो त्यसको मर्म र भावनाअनुसार चल्नसक्दा नै मानवकल्याण हुनेछ ।”

उनले राष्ट्रिय विकास क्षेत्रीय चिन्तनबाट प्रभावित हुनुहुँदैन भन्दै लुम्बिनीजस्तो पवित्रस्थल सबैको प्राथमिकतामा रहनुुपर्ने र यसको विकासमा सबैको साझा मत हुनुपर्ने धारणा पनि राखे ।

त्यस समारोहको मञ्चमा रहेका सांसदहरु, पूर्वमन्त्रीहरु, नगरप्रमुखहरु लगायतलाई सम्बोधन गर्दै उनले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न निर्देशन पनि दिए । राष्ट्रपति भण्डारीले भने , “धेरै समयपछि यहाँहरुलाई भेट्न पाउँदा खुसी लाग्यो । खास गरीकन यति धेरै जनप्रतिनिधिलाई भेट्ने अवसर प्राप्त भएको छ ।” त्यस अवसरमा राष्ट्रपति भण्डारीले काठमाडौँ महानगरकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई सम्मान प्रदान गरेको थियो ।

उनले आज बिहान ११ बजे हेलिकोप्टरमार्फत लुम्बिनी आइपुगेको हो । उनलाई लुम्बिनीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेया, सांसदरु डा सूर्य पाठक, खिमलाल भट्टराई लगायतले स्वागत गरेको थियो ।

बज्रयान महाविहारमा आयोजित कार्यक्रममा स्वागत गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा नरेशमान बज्राचार्यले लुम्बिनीमा नेपालको विहार नभएको हुँदा आफूहरको अग्रसरतामा बज्रायान महाविहार निर्माण गरेको बताए । उनले यसका लागि काठमाडौँ महानगरपालिकाले रु चार करोड २९ लाख सहयोग गरेको समेत बताए ।

रासस

Your Opnion

//