‘सरकारले कोशी अस्पताललाई उच्च प्राथमिकतामा राखेको छ’ - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

‘सरकारले कोशी अस्पताललाई उच्च प्राथमिकतामा राखेको छ’

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताए ।

कोशी अस्पतालको आज निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ को सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रका रुपमा रहेकाले नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यकपर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खतिवडाले वर्तमान अवस्थामा रहेको ३५० श्ययालाई स्तरोन्नति गर्दै थप ५०० श्यामा विस्तार गरी नागरिकलाई सहज र सरल एवं गुणस्तरीय रुपमा सेवा प्रदान गर्न प्रसूति कक्ष, स्त्री रोग, क्यान्सर रोग विशेषज्ञ चिकित्सक, प्रगोगशालालाई आवश्यकपर्ने दक्ष जनशक्ति व्यवस्था गर्ने जानकारी दिए ।

सो अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले अस्पतालमा श्ययाको अभाव सरकारले तत्काल थपको स्वीकृत दिएपछि अन्त्य हुनाका साथै ५० श्ययाको आकस्मिक कक्षसमेत रहने बताए ।

उनले प्रदेशका अत्यधिक जनताको उपचार केन्द्रका रुपमा रहेको यस अस्पताललाई प्राथमिकतामा राखेका कारण यसको परिसरमा रु पाँच करोडको लागतमा भवन निर्माणकार्य सुरु भइरहेको जानकारी दिए । उनले सरकारले आगामी चैत मसान्तसम्म सबै नेपालीलाई कोरोना खोप लगाउने लक्ष्य रहेको र त्यो लक्ष्य समयमा पूरा हुने दाबी गरे ।

उनले अमेरिकासँग एक करोड र चीनसँग ६० लाख कोरोना खोप ल्याउने सम्झौता भइसकेको जानकारी दिँदै १२ वर्षदेखि १८ वर्षसम्मका लागि खोप लगाउने तयारी भइरहेको बताए । मन्त्री खतिवडाले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिनासाथ दुई वर्षदेखि १२ वर्षसम्मकालाई खोप लगाउने कार्य सुरु गरिने जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले स्वास्थ्य बीमा समितिबाट अस्पतालले रकम पाउन बाँकी रहेकाले औषधिको रकम तथा अस्पताल विकास समितिका कर्मचारीलाई तलब भुक्तानी गर्न समस्या उत्पन्न भएको गुनासो गरे । उनले अस्पतालले बिरामीको उपचार सेवा प्रभावकारी रुपमा प्रदान गरिरहेको जनाउँँदै दैनिक एक हजारदेखि एक हजार ५०० बिरामी अस्पताल आउने हुनाले तत्काल जनशक्ति थप गर्न मन्त्रीसमक्ष आग्रह गरे ।

सो अवसरमा विराटनगर उपमहानगरपालिका–१२ का स्वास्थ्य बीमा सेवाग्राही सर्मिष्ठा श्रेष्ठले बीमाबाट अस्पतालबाट सेवा लिन धेरै दुःख व्यहोर्नु परेको र विगतमा जस्तै अन्य अस्पतालबाट समेत सेवा उपलव्ध गराउने कार्यको पहल गर्न मन्त्री खतिवडासमक्ष अनुरोध गरे ।

रासस

Your Opnion

//