गाईघाट–सानुभञ्ज्याङ सडक सञ्चालनमा - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

गाईघाट–सानुभञ्ज्याङ सडक सञ्चालनमा

सांकेतिक

काठमाडौं-   देवघाटको गाईघाट सानुभञ्ज्याङ कृषि सडक दस दिनपछि सञ्चालन आएको छ ।

 

सो सडक अन्तर्गत मान्द्रे पाखामा गत असोज ३१ मा पहिरो जाँदा अवरुद्ध भएको थियो । देवघाट गाउँपालिका–४ का युवाका सक्रियतामा पहिरो पन्छाउने काम सम्पन्न भएको थियो ।

सडक अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती खेप्नु परेको थियो । सो सडक खण्डलाई सरकारले वैकल्पिक राजमार्गका रुपमा विकास गर्न लागेको छ । जिल्लाका देवघाट, ऋषिङ र घिरिङ गाउँपालिका र तीन प्रदेश छुने भएकाले सो सडकलाई वैकल्पिक राजमार्गका रुपमा विकास गर्न प्राथमिकता दिइएको हो ।

 

सो सडकले ३ नं प्रदेशको चितवन,४ नं प्रदेशको गण्डकी र प्रदेश नं ५ को पाल्पासम्म जोड्ने छ ।

रासस

Your Opnion

//