सरकारी निर्णय : सर्वसाधारणका लागि २० युनिट सम्म विद्युत नि:शुल्क प्रयोग - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

सरकारी निर्णय : सर्वसाधारणका लागि २० युनिट सम्म विद्युत नि:शुल्क प्रयोग

  • एस. के. थापाOctober 26, 2021

काठमाडौं –   आगामी मंसिर १ गतेबाट लागु हुने गरी सरकारले विद्युतको महशुल घटाएको छ । यसअघि १० युनिटसम्म विद्युत घरायसी कामकाजका लागि खपत गर्ने ग्राहकलाई निशुल्क गर्ने व्यवस्था गरेको थियो भने सो व्यवस्थामा अहिले विद्युत प्राधिकरणले हेरफेर गरेको हो ।

उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले विद्युतको खपतमा भर्खर मात्र सरकारले सहुलियत दिएको कुरा जानकारी दिएकी हुन् । प्राधिकरणको विद्युत् महसुल समायोजनका लागि विद्युत् नियमन आयोगलाई प्रस्ताव गरेको प्रस्तावका आधारमा सोमबार बसेको बैठकले विद्युत महशुलको युनिट १० युनिटबाट बढाएर २० युनिटमा पुर्याइएको हो ।

सोमबार साँझ बसेको विद्युत नियमन आयोगको बैठकले मासिक २० युनिट सम्मको विद्युतको खपतलाई नि: शुल्क बनाउने निर्णय गरेको हो ।उक्त निर्णयले सरकारलाई नोक्सान पुग्ने देखिएता पनि कम आय आर्जन भएका जनताको हितमा भएकोले विद्युत प्राधिकरणको यो निर्णयलाई सर्वसाधारणले स्वागतयोग्य निर्णयको संज्ञा दिएका छन् ।

Your Opnion

//