यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध : हल्कादेखि मध्यम वर्षाको सम्भावना - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ-    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताए ।

“उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।” उनले भने । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदैँ देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भामवना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरिएको छ ।

राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको थोरै स्थानमा हल्का वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

रासस

Your Opnion

//