ई. विज्ञान श्रेष्ठ, ३३ वर्ष ५ महिना एनइएमा कार्यकाल सकाएर सेवानिवृत - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ई. विज्ञान श्रेष्ठ, ३३ वर्ष ५ महिना एनइएमा कार्यकाल सकाएर सेवानिवृत

  • एलिजा बेथ लामा October 25, 2021

काठमाडौं- माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख तथा विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक ई. विज्ञान श्रेष्ठ सेवानिवृत्ति भएका छन्।

उनि विद्युत इन्जिनियर हुन् । उनले रुर्की विश्वविद्यालयबाट (१९८३ – १९८७) ब्यचेलोर अफ ईन्जिनियरि (बीई) इलेक्ट्रिकल मा गरेका थिए भने साथै ईन्टिच्यूट अफ ईन्जिनियरिङ्गबाट (२००१ – २००३) मास्टर अफ साइन्स (एम.एस.सी) पावर सिस्टम मा गरेका थिए । सञ्चालनमा रहेका मध्ये देशकै सबैभन्दा ठूलो र राष्ट्रिय गौरवको आयोजनाको निर्माण सफलतापूर्वक सम्पन्न गरेका श्रेष्ठ उमेर हदका कारण अनिवार्य सेवानिवृत्ति भएका हुन्।

४५६ मेगावाटको माथिल्लो तामाकोशीको लामो समय नेतृत्व गरेका श्रेष्ठलाई आइतबार विद्युत प्राधिकरणले औपचारिक कार्यक्रम गरेर बिदाई गरेको छ । माथिल्लो तामाकोशी आयोजना डेढ महिना अघि मात्रै पूर्णरूपमा सञ्चालनमा आइसकेको छ।

३३ वर्ष ५ महिना विद्युत प्राधिकरणमा बिताएका श्रेष्ठले माथिल्लो तामाकोशीको अलावा देशकै पहिलो जलाशययुक्त आयोजना कुलेखानीमा पनि काम गरेका थिए । उनले नेतृत्व गरेका देशकै सबैभन्दा ठूलो र राष्ट्रिय गौरवको आयोजनाको निर्माण सफलतापूर्वक सम्पन्न गरेका थिए ।

नेपाल सरकारको छात्रवृत्तिमा विदेशमा इन्जिनियरिङ पढेर आएका श्रेष्ठले कुलेखानी, कालिगण्डकी लगायतका आयोजनामा काम गरेका थिए।सरकारले तत्कालिन समयमा श्रेष्ठसहितका दर्जनभन्दा बढी विद्यार्थीलाई कर्णाली-चिसापानी आयोजना निर्माण गर्ने उद्देश्यले अध्ययनका लागि भारत पठाएको थियो।

१० हजार ८०० मेगावाटको कर्णाली-चिसापानी अघि नबढे पनि श्रेष्ठले ४५६ मेगावाटको आयोजनाको नेतृत्व गरेर प्राधिकरणको उप-कार्यकारी निर्देशक (१२ औ तह) बाट सेवानिवृत्ति पाएका हुन्।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले श्रेष्ठलाई बिदाई गरेका हुन्।

Your Opnion

//